घोराहीमा बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव हुने

बुधबार, फागुन २, २०८०

दाङ - एभरेष्ट नेपाल कल्चर ग्रुप काठमाण्डौंको आयोजन तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानिय आयोजनमा फागुन १८ देखी २१ गते सम्म घोराहीको कृषि सामाग्री केन्द्रमा बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव हुने आज दाङ जिल्ला उद्योग वाणिज्य संघले पत्रकार समेलन गरि जानकारी दिएको छ ।

बंगलाचुली गाउँपालिका

स्थानिय तथा देशको मौलीक कला तथा संस्कृतिलाई विश्व समुदाय समक्ष परिचित गराउने उद्देश्यका साथ नेपाल सहित भारत, जर्मन, अस्टे्रलिया, वेल्जियम, बोत्स्वाना, इस्टोनिया, ईजरायल, मलेशिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका तथा दक्षिण कोरीयाका करिव ३०० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रि कलाकारद्वारा सांस्कृतिक प्रस्तुती हुने समते मुल आयोजक समिति संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले जानकारी दिनु भयो । 

दाङ जिल्लाको मौलिक परम्परागत कला संस्कृति सम्वन्धित महत्वपूर्ण नाच र राष्ट्रिय स्तरमा प्रसिद्ध परम्परागत नाचहरुपनि प्रस्तुत हुनुका साथै उक्त महोत्सवाट यस क्षेत्रको पर्यटन तथा व्यवासायीक क्षेत्रमा टेवा पुग्नुका साथै दाङ जिल्ला सहित देशकै लोक तथा मौलीक कला विश्व सामु उजागर हुने भन्दै  यस अन्तराष्ट्रिय लोक महोत्सवले जिल्लावासिलाई विभिन्न देशको कला, संस्कृति तथा भेषभुषालाई अवलोकन गर्ने अवसर हुने संयोजक जोशीले बताउनु भयो ।

उक्त महोत्सवमा दाङ जिल्लामा हुने उत्पादन हुने परिकारहरु रहने जानकारी दिदै मुल आयोजक समिति सह–संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकरीले १८ गते दाङ झल्किने झाक्री, भेषभुषा सहित घोराही परिक्रमा गरि कार्यक्रम स्थलमा पुगेर स्थानीय कलाकारको बेजोड प्रस्तुति साथ उद्घाटन हुने छ भन्ने १९ र २० गते  रास्ट्रीयस्तरमा चर्चित  कलाकार सहित स्थानीय कलाकारको प्रस्तुति रहेन  जानकारी दिनु भयो ।

२१ गते सोमबार  नेपाल सहित १३ देशका तीन सय कलाकारहरुको आफ्नो देश मौलिक झल्किने प्रस्तुति रहने छ ।

बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव सफल विभिन्न उपसमितिको समिति  चयन  गरिएको छ जस्मा आर्थिक समिति संयोजक  जगत आचार्य र सह संयोजक पुष्कर न्यौपाने , टिकट व्यवस्थापन समिति संयोजकमा  विकास वली, सह-संयोजक  विक्रम राना सदस्य  युवराज पन्त,  व्यानर सहयोग संयोजक उपाध्यक्ष लिलाराम खड्का सह-संयोजक रामप्रसाद पोखेल र सदस्यमा सुरज बुढाथोकी, प्रचार प्रसार समिति संयोजकमा युवराज पोख्रेल ।

भौतिक निमार्ण समिति संयोजकमा  माधव खनाल र सह-संयोजक रुद्र शर्मा, अवास व्यवस्थापन समिति संयोजकमा नरेश कुमार श्रेष्ठ र सह-संयोजक दिपक पण्डित, भोजन व्यवस्थापन समिति संयोजक  बिष्णु प्रसाद रिजाल  सह-संयोजक नोर्बु तामाङ र सदस्यमा लिला नेपाली,  शोभायात्रा व्यवस्थापन समितिको संयोजक ध्रुव कुमार गहतराज सह-संयोजकमा नोर्बु तामाङ, सदस्य  लिला नेपाली र अतिथि सत्कार व्यवस्थापन समिति संयोजक निवर्तमान अध्यक्ष टंकसिंह बुढाथोकीलाई चयन गरिएको छ भन्ने पछि समिती थप गरिने छ ।

नेपाल सहित १३ देशका कलाकारलाई हाम्रो घोराहीमा लिएर कार्यक्रम गर्न पाउनु दाङवासीको लागि गर्वको कुरा रहेको बताए यस्ता खाले कार्यक्रमले दाङ सहित देशके संस्कृति संरक्षण,  प्रबन्धन गर्नुका साथै  पर्यटन भित्राउदै अर्थतन्त्रमा समेत टेवा पुग्ने भन्दै दाङका सम्पूर्ण राजनित दल, संघसंस्था, सामाजिक अभियान्ता, पत्रकार लगायत दाङवासी सवैले महोत्सव सफल पार्न दायित्व रहेको  रहेको आयोजकले बताएको छ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०६:४७
प्रतिक्रिया दिनुहोस्