नवलपरासीमा ११ वर्षीय नाति र हजुरबुबा मृत भेटिए

मंगलबार, फागुन १, २०८०

नवलपरासी – पश्चिम नवलपरासीमा हजुरबुवा र नाति एकै ठाउँमा मृत अवस्थामा भेटिएका छन् । सुस्ता गाउँपालिका–३ मर्चहवा बस्ने ६५ वर्षका यक्षलाल चमार र उहाँका नाति ११ वर्षका गौचरण घर नजिकै आज बिहान मृत अवस्थामा भेटिएका हुन् ।

बंगलाचुली गाउँपालिका

घटना शङ्कास्पद देखिएकाले तालिम प्राप्त कुकुरसमेत परिचालन गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० रेशम बोहराले बताउनुभयो ।

नारायणी नदीको ५ नम्बर ठोकरबाट पाँच सय मिटरको दूरीमा विगत चार–पाँच वर्षदेखि उनीहरू कच्ची छाप्रोमा बसोबास गरी खेती गर्दै आइरहेका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २१:३३
प्रतिक्रिया दिनुहोस्