सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
तुलसीपुर,फागुन ९ - दाङकाे तुलसीपुरमा शुक्रबार बिहान मोटरसाइकलले स्कुटीलाई ठक्कर दिँदा एक पैदलयात्रीसहित तीन जना घाइते भएका छन् ।
महेन्द्र स्कुलतर्फ जाँदै गरेको भे ७ प ७५९२ नम्बरको मोटरसाइकलले सोहि दिशातर्फ जाँदै गरेको रा ७ प ४०३४ नम्बरको स्कुटीलाई तुलसीपुर–६ गोर्खा बोर्डिङस्कुल नजिकै ठक्कर दिएको हो ।
स्कुटीसंग ठोक्किएको मोटरसाइकल अनियन्त्रित भई ४० मिटर टाढा रहेको दाङ भ्याली स्कुलतर्फ आउँदै गरेको सोहि स्कुलको रा १ क ६४३ नम्बरको बससंग ठोक्किन पुगेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक, स्कुटी चालक र एक जना पैदलयात्री घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुर प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–६ का १७ वर्षिय दिपक वली, स्कुटी चालक तुलसीपुर–६ कै १८ वर्षिय निरज रोका र पैदलयात्री सल्यानको त्रिवेणी गाउँपालिका–६ घर भई हाल तुलसीपुर–६ बस्ने १७ वर्षकी मनिषा बुढा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते सबैको अवस्था सामान्य रहेको छ । घाइते सबैको राप्ती लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक रानाले जानकारी दिनुभयो ।