सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
अर्घाखाँची – लुम्बिनी प्रदेशमा आजदेखि ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरू भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्नुभएको हो ।
सबै विद्यालयमा पढ्ने पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले अभियानको शुरुआत भएको हो । एकसाथ १७ वटा विद्यालयबाट अभियानको शुभारम्भ भएको लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेशभरका सामुदायिक विद्यालयलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो । यो अभियानमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।