तुलसीपुर महोत्सवमा आज पशुपति शर्मा र सिर्जना खत्री "हाउडे मायाकाे" प्रस्तुति हुने
दाङ,९ फागुन - दाङकाे तुलसीपुर महोत्सवमा आज चर्चित गायक पशुपति शर्मा चर्चित गायिकाहरु सिर्जना खत्री "हाउडे माया", उषा दशाैदी लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ । आज पशुपति शर्मा, सिर्जना खत्री हाउडे माया र उषा दशाैदी लगायतका कलाकारहरुको प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले बताउनुभयो । महोत्सव फागुन १६ गतेसम्म संचालन हुने छ ।
‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सञ्चालन गरिएको महोत्सवले कृषि, पर्यटन, व्यापार र संस्कृतिको प्रवद्र्धन गर्दै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने, स्वदेशी व्यापारलाई प्रवद्र्धन गर्ने तथा स्वरोजगारका अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१ ०६:००
प्रतिक्रिया दिनुहोस्