सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,८ फागुन - नेपाल मगर सङघ बङगलाचुलि गाउँपालिका समितिकाे तेस्राे अधिबेशन आज जुम्लेपानिमा सम्पन्न भयकाे छ। नेपाल मगर सङघ बङगलाचुुलिका अध्यक्ष कासिराम बुढा मगरकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष तुलसिराम पुनकाे प्रमुख अातिथ्यतामा अधिबेसन सम्पन्न भयकाे हाे। अधिबेसनले पुर्ब अध्यक्ष कासिराम बुढाकाे अध्यक्षतामा २५ सदस्यिय कार्यसमिति चयन गरेकाे छ।
समितिकाे अध्यक्षमा कासिराम बुढा,उपाध्यक्षमा लिला पाटा मगर,सचिबमा रबिन पुन,काेषाध्क्षमा डाेमराज, थापा,सहसचिबमा दुजा घर्ती र पुर्ण सारु मगर चयन हुनु भयकाे छ। अधिबेसनमा नेपाल मगर सङघ दाङका कार्यबाहक अध्यक्ष मुक्त बुढा,उपाध्यक्ष प्रेम बुढा,नेपाल मगर सङघका जिल्ला सदस्य हरु कमल कवर मगर,नेपाल मगर शिक्षक सङघ बङगलाचुलिका अध्यक्ष जुक्त राेका लगायतले मन्तब्य राख्नु भयकाे थियाे।
कार्यक्रममा बाेल्ने अधिकाम्स बक्ता हरुले सम्पूर्ण मगर हरुले मगर कला ,भाषा ,भेषभुसा ,सस्कृति,रहनसहन जाेगाउदै राज्यका हरेक तहमा पहुच बढाउनु पर्नेमा जाेड दियका थिए।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष तुलसिराम पुन,तथा विशिष्ट अतिथि वार्ड नम्बर ८ का वडा अध्यक्ष झबिन्द्र गाहा,वडा अध्यक्ष मैते पुन,लगायतलाई मायाकाे चिनाे प्रदान गरियकाे थियाे।