प्यूठानमा बसले किचेर एक जना बालिकाको मृत्यु

बिहीबार, फागुन ८, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

प्यूठान - बाग्दुलामा बसले किचेर एक जना बालिकाको मृत्यु भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

बाग्दुलाबाट फोप्ली तर्फ जाँदै गरेको ना. ४ ख. १३०९ नम्बरको बसले किचेर नौबहिनी गाउँपालिका ७ फोप्लीकी डेढ वर्षीय बालिका तिर्सना पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता तथा प्रहरी निरीक्षक केशव केसीले बताए ।

त्यस्तैगरी बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्