नेपाली कांग्रेसका नेताद्वारा महासमिति बैठक स्थल निरीक्षण

मंगलबार, फागुन १, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीले आगामी फागुन ७ देखि हुन गइरहेको महासमिति बैठक स्थलको निरीक्षण गर्नुभएको छ। ललितपुरको गोदावरीमा फागुन ७ देखि १० गतेसम्म नेपाली कांग्रेसको महासमिति बैठक बस्दैछ।

बंगलाचुली गाउँपालिका

बैठक स्थलको निरीक्षण गर्दै उपप्रधान तथा रक्षामन्त्रीसमेत रहनुभएका उपसभापति पूर्णबहादुर खड्काले अहिलेसम्मको तयारी राम्रो भएको भन्दै आवश्यक तयारी र थप जिम्मेवारी अनुसार व्यवस्थित तरिकाले सम्पन्न गर्न आग्रह गर्नुभयो।

महासमिति बैठकका लागि गठन गरिएका समितिले आ–आफ्नो जिम्मेवारी अनुसारको काम समयमा सम्पन्न गर्न खड्काले आग्रह गर्नुभएको छ। तयारीका लागि केन्द्रीय समिति वा केन्द्रीय तहबाट गर्नुपर्ने सबै सहयोग र समन्वय गरिने भन्दै सबै तयारी समयमा सक्नुपर्ने उहाँको भनाइ थियो। 

स्थलगत निरीक्षणका क्रममा महासमिति बैठक तयारीका लागि गठित विभिन्न समितिका प्रमुखले आ–आफ्नो जिम्मेवारीमा रहेका कामको अवस्थाबारे बारे जानकारी पदाधिकारीलाई गराएका थिए। 

निरीक्षण कार्यक्रममा कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, केन्द्रीय सदस्य उदयशम्शेर राणा, जितजंग बस्नेत लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो। 

प्रतिक्रिया दिनुहोस्