राप्ती गाउँपालिकामा तीन दिने उत्प्रेरणात्मक प्रशिक्षण सुरु

बुधबार, फागुन ७, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

७ फागुन, भालुबाङ - दाङको राप्ती गाउँपालिका–३ सिरीचौरमा बुधबारदेखि तीन दिने उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

राप्ती गाउँपालिका दाङ र ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय शाखा राप्ती–१ पाखापानीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सुरु भएको हाे।

प्रशिक्षण कार्यक्रम शुभारम्भ गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले समाजको समृद्धि सकारात्मक सोच, नैतिक शिक्षा र मानसिक सन्तुलनमा निर्भर रहने बताउँदै यस्ता प्रशिक्षणहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।WhatsApp-Image-2025-02-19-at-6.53.55-PM-1739971548.jpeg
उहाँले भन्नुभयो, "शिक्षा केवल किताबी ज्ञानमै सीमित हुनु हुँदैन। आत्मशुद्धि, नैतिकता र मानसिक सन्तुलनको विकासमार्फत् मात्र हामी सही अर्थमा शिक्षित हुन सक्छौं। तनाव व्यवस्थापन, सकारात्मक सोच र जिम्मेवार नागरिक बन्ने मार्ग देखाउने यस्ता कार्यक्रमहरूले समाज रूपान्तरणमा टेवा पुर्‍याउँछन्।"

अध्यक्ष विष्टले आगामी दिनमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरूलाई प्राथमिकता दिँदै राप्ती गाउँपालिकालाई मानसिक रूपमा स्वस्थ, नैतिकता प्रधान र सामाजिक उत्तरदायित्व बहन गर्ने नागरिकहरू उत्पादन गर्ने थलो बनाउने बताउनुभयो।WhatsApp-Image-2025-02-19-at-6.54.01-PM-1739971605.jpeg
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय दाङका प्रवक्ता माधव तिमिल्सिनाले सकारात्मक सोचको विकास गरी समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक निर्माण गर्ने मुख्य उदेश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रमको पहिलो दिन अन्तर्राष्ट्रिय प्रशिक्षक ब्रह्माकुमार बिजयराज सिग्देलले शिक्षक र अभिभावकलाई नैतिक शिक्षा, मूल्य आधारित शिक्षण, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन र सकारात्मक सोचबारे प्रशिक्षण दिनुभएको थियो।

भने बिहीबार र शुक्रबार जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, राजनीतिक दलका प्रमुख, सुरक्षाकर्मी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाई मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, सकारात्मक सोच तथा लागुऔषध दुर्व्यसन नियन्त्रण सम्बन्धी प्रशिक्षण दिइने प्रवक्ता तिमिल्सिनाले जानकारी दिनुभयो।

प्रशिक्षण शुभारम्भ कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थी, वडा नम्बर ४ का अध्यक्ष वीर बहादुर चौधरी लगायतले आफ्ना भनाइ राख्नु भएको थियो ।

ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय शाखा राप्ती–१ पाखापानीका प्रमुख यमुना दिदिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय दाङका प्रवक्ता माधव तिमिल्सिनाले गर्नुभएको थियो।

कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा अभिभावकहरुकाे  उल्लेख्य उपस्थिति रहेको थियो।WhatsApp-Image-2025-02-19-at-6.54.02-PM(1)-1739971673.jpeg
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १९:१४
प्रतिक्रिया दिनुहोस्