आगामी निर्वाचनसम्म घोराही र तुलसीपुर मिलाएर महानगर बनिसक्छ : मेयर टिकाराम खड्का

बुधबार, फागुन ७, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ -  तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले दाङमा घोराही र तुलसीपुर मिलाएर महानगर बन्ने तयारीमा रहेको बताउनुभयाे ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

राष्ट्रिय समाचार समिति(रासस) को ६४ औं स्थापना दिवसको अवसरमा दाङ शाखाको आयोजनामा भएको विकासमूलक पत्रकारितामा राससको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताए ।“घोराही–तुलसीपुरलाई मिलाएर महानगर बनाउन आबश्यक छ, सायद आउदो चुनाबमा महानगरकै चुनाब हुन्छ”,उनले भने“एकीकृत मोडेलको विकासकालागि महानगर बनाउन आबश्यक पनि छ ।”

साथै उहाँले  सञ्चार माध्यामले नै विकासको बाटो देखाउने बताउनुभयाे । सकारात्मक र समाजलाई बाटो देखाउने कार्य पनि सञ्चार माध्यामको भएको समेत बताउनुभयाे ।“समाजलाई सही दिशामा लैजान काम सञ्चार माध्यामको हो”,उनले भने“सञ्चार माध्यामले नकारात्मक कुरा दिन थालेमा त्यसले समाजमा नकारात्मक सन्देश मात्रै प्रदान गर्दछ ।” विकास निर्माणमा ढिला सुस्ती भएमा दवाव दिने कार्य पनि सञ्चार माध्यमकै भएको उहाँको भनाई छ ।

त्यस्तैगरी बिशिष्ट अतिथि दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले सामाजिक, आर्थिक, भौतिक, मानवियलगायतका विकासमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए । राससको झनै यसमा महत्वपूर्ण भूमिका हुने उनको भनाई छ । उनले समाज रुपान्तरणकालागि सञ्चार माध्ययमले भूमिका खेल्नु पर्ने बताउनुभयाे

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  ०६:२८
प्रतिक्रिया दिनुहोस्