इजरायल र गाजाबीचको युद्ध , लाल सागर आक्रमणले विश्वको अर्थतन्त्र खतरामा

मंगलबार, फागुन १, २०८०

काठमाडौं - इजरायल र गाजाबीचको युद्धका कारण लाल सागर क्षेत्रमा भइरहेको आक्रमणले विश्वको अर्थतन्त्र खतरामा परेको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) र विश्व बैंकले जनाएका छन् ।

बंगलाचुली गाउँपालिका

लाल सागरको माध्यमबाट ढुवानीसँग सम्बन्धित लगातारको आक्रमणले यसअघि नै मध्यपूर्व र उत्तरी अफ्रिका क्षेत्रको अर्थतन्त्रलाई प्रभावित पारिसकेको र युद्ध जारी रहे विश्वमा नै असर पर्नसक्ने आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभालार्य उदृत गर्दै एफपीले जनाएको छ ।

यसैबीच, यमनका इरान समर्थित हुथी विद्रोहीहरूले समेत महत्त्वपूर्ण सामुद्रिक मार्गतर्फ जाने लाल सागरका जहाजमा आक्रमण गरिरहेका खबरमा उल्लेख छ । हुथीहरूले गाजामा प्यालेस्टिनीहरूसँगको सहकार्यमा इजराइलसँग सम्बन्धित ढुवानीलाई निशाना बनाइरहेको बताएका छन् ।

यसबाट केही मालवाहक जहाज आक्रमणबाट बच्नका लागि लामो र धेरै महँगो मार्गहरू प्रयोग गर्न बाध्य भइरहेका छन् । यसका कारण गएको  महिनाको अन्त्यमा व्यापार तथा विकाससम्बन्धी व्यापारिक यातायातको मात्रा ४० प्रतिशतभन्दा धेरैले घटेको आइएमएफले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्