आजको राशिफल फागुन ०१ गते मंगलवार

मंगलबार, फागुन १, २०८०

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
खर्चमा बृद्धि भएता पनि रोकिएका कामहरु बन्नेछन । यात्राको अवसर मिल्ने देखिन्छ । घर बाहिरको कार्य बाट लाभ रहने समय रहेको छ । व्यापार व्यवसाय गरेका लाई लगानी गर्नु पर्ने समय देखिन्छ । बैदेशिक व्यक्तिहरु लाई लाभ रहनेछ । भविश्यको लागि केहि लगानी लगाउने समय रहेको छ ।

बंगलाचुली गाउँपालिका

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
धेरै आशा गर्ने बानीले कार्यमा केहि समस्या ल्याउने छ । भोलिको लागि सोचेको कामले फाईदा नै दिनेछ । आर्थिक क्षेत्रमा केहि कठिनाई रहने देखिन्छ । सामान्य कमीकमजोरी बाट कार्यमा केहि समस्या आउला । रिस मान्नेहरु बाट कार्यमा बाधा रहनेछ । तपाईको कर्मको प्रतिफल अरुले लिन खोज्नेछन ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
अवसरहरु थुपै आउनेछन तर नयाँ कार्यमा अगाडि बढनु भन्दा पहिले सोच बिचार गरेर अगाडि बढनु होला । अरुले तपाई लाई समस्यामा पार्ने प्रयास गर्नेछन ।  परिश्रम अनुसार फाईदा लिन समस्या रहने देखिन्छ । भबिश्यको लागि कार्यमा बिशेष शुरु वात गर्ने समय रहेको छ । अग्रज व्यक्तिहरु सग भेटघाट हुनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
अरुको सहयोगमा कार्यमा जुटनु पर्नेछ । सामाजिक कार्यमा मन जानेछ । तपाईको परिश्रमको फल अबश्य प्राप्त रहनेछ ।  बिगतमा रोकिएका कामहरु बन्दै जानेछन । सानो प्रयत्नले कामहरु अवस्य बन्नेछन । केहि कामको जिम्मेवारी लिने समय रहेको देखिन्छ । तपाईको जीवन शैलिको कुरा चल्नेछ ।

शिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
कार्यमा केहि समस्या आउने देखिन्छ । थोरै उपलव्धिमा चित्त बुझाउनु पर्ने देखिन्छ । सोचेको कार्यमा बाधा रहनेछ । बिगतका केहि समस्या आउनेछन । स्वास्थ्यमा केहि समस्या आउला । घराँयसि कार्यमै बढि समय दिनु पर्नेछ । अनाबश्यक खर्चमा बृद्धि रहने समय देखिन्छ । आत्मा बिश्वास लिन नसक्दा समस्या आउला ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
समय मनोरन्जनमय देखिन्छ । साथीहरु सग भेटघाट हुनेछ । व्यापार व्यवसायमा लगानी लगाउनु पर्ने देखिन्छ । आफुलाई सोख भएको कार्यमा लगानी लगाउनु पर्ने देखिन्छ । नयाँ कुराको जानकारी प्राप्त रहने समय देखिन्छ । प्रेम तथा दामपतय जीवनमा सफलता रहनेछ । केहि बस्तु जोडने समय छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
अल्छि गर्ने कारणले गर्दा कार्यमा केहि समस्या आउने देखिन्छ । आफनो हक अधिकारका लागि अगाडि बढनु पर्ने देखिन्छ । भौतिक सामाग्री जोडने समय रहेको छ । आर्थिक लाभ हुने कार्यमा अगाडि बढनु पर्ने देखिन्छ । मेहनत बाट कार्यमा सफलता रहनेछ । आन्तरिक भएर अगाडि बढेमा सफलता रहला ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
स्वास्थ्यका लागि खानामा बिशेष ख्याल गरेर अगाडि बढनु होला । नयाँ समाचारले कार्यमा सफलता मिल्नेछ । शैक्षिक कार्यमा सफलता रहनेछ । बौद्धिक कार्यमा अगाडि बढने समय छ । तपाईको कार्य बाट प्रतिष्ठामय काम गर्ने समय रहेको छ । कृषि,जग्गा जमिनको क्षेत्रमा सफलता मिल्नेछ । 

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
बिगतमा रोकिएका कामहरु बन्नेछन । कुनै पनि काम गर्दा सहि निर्णय लिएर अगाडि बढनु होला । दीर्घकालीन योजना गोप्य राखेर अगाडि बढनु होला । घर परिवारको सहयोग बाट कार्यमा सफलता रहनेछ । तपाईको बौद्धिकता बाट कार्यमा साथ मिल्नेछ । प्रयास बाट लक्ष्यमा पुग्ने समय छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
कुनै पनि कार्यमा पुन प्रयास गर्दा रोकिएका कामहरु बन्नेछन । सहयोगको आशा देखाउने बाट धोका रहनेछ । तपाईको मेहनत बाट अरुलाई फाईदा रहने समय देखिन्छ । तपाईको रिस मान्ने व्यक्तिहरु बाट सताउन सक्नेछन । व्यापार व्यवसायमा ठिकै रहला । आधारभूत आबश्यकता पुरा गर्ने समय छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
तपाईको मेहनत बाट सम्मानित हुने समय छ । आयआर्जनका क्षेत्रहरु बढदै जानेछन । अध्ययनमा सफलता रहनेछ । सोचेको काम सम्पादन हुने समय छ । बिगतका कमिजोरी लाई सुधार गर्ने समय रहेको छ । तपाईको बोलिको प्रभाव पर्ने समय देखिन्छ । आफनो प्रतिभा तथा कला लाई निखारतामा ल्याउने समय छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
तपाईको लागि साथ सहयोग गर्ने समय छ । नयाँ कार्यमा सफलता रहनेछ । स्वादिष्ट भोजनको योग रहेको देखिन्छ । बिगतका कार्य सफलता बाट हौसला मिल्नेछ । आर्थिक लाभ अबश्य रहनेछ । आफन्त तथा परिवार जन सग भेटघाट हुनेछ । आत्मा विश्वास  बढनेछ । नयाँ समाचार प्राप्त रहनेछ ।              
                          वास्तु ज्ञान

बच्चाको पढ्ने कोठामा सरस्वति,प्रेरणादायक महापुरुष एवं गुरुजनको फोटो राख्नु पर्छ ।

आजभोलि बच्चाको पढने  कोठामा विभिन्न फोटाहरु राख्ने चलन छ । फोटाहरु राख्दा बच्चा लाई प्रेरित गर्ने खालको  राख्नु राम्रो हुनेछ । बच्चाको पढ्ने कोठामा सरस्वति, प्रेरणादायक महापुरुष एवं गुरुजनको चित्र  राख्नुपर्दछ । स्वार्गवासी पुर्वजको  चित्रलाई दक्षिण पश्चिममा राख्नुपर्दछ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०६:१८
प्रतिक्रिया दिनुहोस्