रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा पढाइ मेला सुरु
रोल्पा २९ माघ - रुन्टीगढी गाउँपालिकाको वडा नं ४ मा पढाइ मेला सुरु भएको छ।रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ को मसिनामा रहेको सूर्योदय माध्यमिक विद्यालयकाे प्राङ्गणमा आज देखि पढाइ मेला कार्यक्रम सुरु भएको हो।
रुन्टीगढी गाउँपालिका वडा नं ४ को आयोजनामा भएको पढाइ मेला कार्यक्रम माघ २९ गतेबाट ३० गतेसम्म सञ्चालन हुनेछ। जसमा वडा नम्बर ४ मा रहेका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई सहभागी बनाएर विद्यार्थीहरूको क्षमता जाँच गर्नको लागि यो मेला आयोजना गरिएको हो। यस मेलाबाट विद्यार्थीहरूकाे क्षमता मापन हुनेछ भने विद्यार्थीहरूकाे पठन पाठनलाइ स्तरीय बनाउन र शैक्षिक सुधार गर्नमा टेवा पुर्याउने हेतुका साथ मेला आयोजना गर्ने गरिन्छ। विद्यार्थीहरूको पढाइको स्तर कस्तो छ कसरी पढाउँदा पठनपाठनमा सुधार हुन्छ र उनीहरूको शैक्षिक अवस्था कस्तो छ भन्ने जानकारी लिनका लागि पनि पढाइ मेला कार्यक्रम प्रत्येक वर्ष गर्ने गरिन्छ ।त्यस्तै कुन विद्यार्थी कस्तो र कुन विद्यार्थीले कतिको लगाव झुकाव राख्दछ भन्ने बारेमा पनि मूल्याङ्कन हुने गर्दछ भने विशेषत शैक्षिक सुधारमा सहयोग पुगोस् भन्ने हेतुले नै पढाइ मेला कार्यक्रम सञ्चालन गर्ने गरिन्छ।