सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - दाङको राप्ती गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरूलाई एक हप्ते संगीत तालिम दिन सुरू गरेको छ। विद्यालयको शिक्षण सिकाइ सुधार गर्दै विद्यार्थीको चौतर्फी विकास गर्ने उद्देश्यले पालिकाले शिक्षकहरुलाई साे तालिम दिन सुरु गरेको हो।
पालिकाका २७ वटा सामुदायिक विद्यालयका ५० जना शिक्षकलाई विदाको दिन पारेर तालिम दिन सुरु गरेको पालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयाे।
सहभागी शिक्षकहरुलाई संगीत सम्बन्धि हार्माेनियम,मादल र गितार सिकाइएकाे छ।