आजको राशिफल माघ २८ गते आइतवार

आइतबार, माघ २८, २०८०

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आर्थिक लगानी बढने समय रहेको छ । आफनो सोखको लागि चाहिने सामाग्री संकलन गर्ने समय रहेको छ । लगनशीलतामा सफलता आउने समय छ । व्यापारी बर्गमा ठिकै सफलता आउने समय छ । बिगतमा रोकिएका कामहरु बन्ने समय छ । पार्टनर तथा साझेदारमा पनि फाईदा रहला ।
 

बंगलाचुली गाउँपालिका

वृष  (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
आफनो कार्य बाट अरुलाई प्रभाव पार्ने समय रहेको देखिन्छ । आफनो क्षेत्रमा तपाईको अग्रता नै रहने समय रहेको छ । आम्दानी ठिकै रहला । दीर्घकालीन फाईदाका लागि समय उपयुक्त रहने समय रहेको छ । अग्रज व्यक्तिहरु सग भेटघाट बढने समय रहेको देखिन्छ । तपाईको मेहनत बाट काम बन्नेछन ।

मिथुन  (क,कि,कु,घ,ङ,छ,के,को,ह)
आफनो भन्दा अरुको कार्यमा बढि समय दिनु पर्ने देखिन्छ । सोचेको कार्यमा केहि ढिलाई हुनेछ । स्वास्थ्यमा केहि प्रतिकुलता आउने समय रहेको देखिन्छ । सामान्य कार्यमा बढि समय दिनु पर्नेछ । तपाई लाई साथ र सहयोग गर्नेहरु बाट धोका रहने समय छ । धैर्यता तथा नम्रता बाट गरेका कामहरु बन्नेछन ।

कर्कट  (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
गोपिनियतामा बिशेष ख्याल गर्नुहोला । मनमा चिन्ता भन्दा आत्मा बिश्वास लिएर काम गर्नुहोला । मेहनत धेरै कार्य फल मध्ययम रहने समय रहेको छ । नयाँ काममा लगानी लगाउनु भन्दा पहिले सावधानी भएर अगाडि बढनु होला । सामाजिक कार्यमा बढि समय दिनु पर्ने देखिन्छ । खानामा बिशेष ख्याल राख्नु होला ।

सिंह  (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
 घराँयसि कार्यमा बढि समय दिनु पर्ने समय रहेको छ । मनोरन्जन तथा हाँसखेलमा बढि समय बित्नेछ । स्वास्थ्यमा केहि प्रतिकुलता आउनेछ । घर परिवार सगँ कुरामा केहि उताव चडाव रहने समय रहेको छ । समस्याहरु आउनेछन समस्या लाई समाधान गर्ने प्रयास गर्नुहोला । कार्यमा केहि ढिलाई छ ।


कन्या  (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
प्रयास गर्दा पनि कार्यमा लाभ लिन अप्ठेरो देखिन्छ । यात्रामा केहि बाधा अडचन आउनेछ । केहि सामान हराउन सक्ने देखिन्छ । आफन्तहरुले कार्यमा धोका दिने समय छ । खानामा बिशेष ख्याल गर्नु होला । केहि विवादमा फस्ने समय रहेको देखिन्छ तर्सथ सावधानीका साथ अगाडि बढनु होला ।

 
तुला  (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
सोचविचार बाट कार्यमा सफलता रहने समय छ । नविन कार्यमा लाग्दा लाभ रहने समय छ । आफनो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । दीर्घकालीन फाईदा उठाउन सकिनेछ । प्रतिस्पर्धामा सफलता नै रहनेछ । सन्तानपक्ष बाट हौसला मिल्ने समय रहेको छ । आम्दानी क्षेत्रमा सफलता नै देखिन्छ ।


वृश्चिक  (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
कुनै पनि कार्यमा हतार नगर्दा नै राम्रो होला । निराश भन्दा आत्मा विश्वास लाई अगाडि सार्नु होला । अध्यायन अध्यापनमा बिशेष ख्याल गर्नु होला । पारिवारीक समस्याले सताउने देखिन्छ । विगतका कामहरु लाई निरन्तरता दिदा सफलता आउने समय रहेको छ । अनाबश्यक सोच गर्दा समस्या आउने छ ।


धनु  (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
समय परिस्थिति अनुसार अगाडि बढने समय रहेको छ । मेहनति लाई सफलता छ । घर परिवारमा केहि असमझदारी बढने देखिन्छ । बोल्दा बिचार गरेर बोल्नु होला । आफन्तहरु टाढिने समय रहेको देखिन्छ । घर खर्चमा बृद्धि रहने समय छ । काम नवन्ने सोच गरेर बस्नु भन्दा थालनी गर्नु होला ।


मकर  (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
नयाँ वस्तु प्राप्त हुने समय रहेको देखिन्छ । आयआर्जनमा ठिकै हुनेछ । परिवारको सहयोगले कामहरु बन्ने समय रहेको छ । मन पर्ने घरयाँसि सामाग्री जोडने समय रहेको छ । प्रतिस्पर्धामा सफलता रहनेछ । तपाईको प्रयास तथा प्रयत्नले कामहरु बन्ने देखिन्छ । व्यापार गरेका लाई  समय ठिकै छ ।


कुम्भ  (गु,गे,गो,सा,सी,सु,से,सो,द)
आत्मा विश्वास लिएमा कार्यमा सफलता आउने देखिन्छ । सामान्य प्रयास बाट पनि कामहरु बन्नेछ । दीर्घकालीन फाईदा हुने कार्यमा लगानी बढाउने समय रहेको देखिन्छ । कार्य सफलताले उत्साह थपिनेछ । बोलिकै भरमा धेरै कामहरु बन्ने देखिन्छ । तार्किक तथा सान्र्दभिक  प्रशंगले मान सम्मान दिलाउने छ ।

मीन  (दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)

समय लाई व्यवस्थापन गर्न नसक्दा समस्या छ । कार्यमा ढिला हुनेछ । नराम्रो कुरा सुन्नु पर्नेछ । अध्ययन अध्यापनमा समस्या आउने देखिन्छ । खर्चमा बृद्धि आउनेछ । घर वाहिरको कार्य बाट लाभ रहने समय छ । टाढाको यात्रा हुन सक्नेछ । घर परिवारमा केहि असमझदारी बढने समय छ ।

                  वास्तु ज्ञान

    कुनै पनि घरमा माकुराको जालो भएमा अशुभ मानिन्छ ।


तपाई हामि बस्ने घरमा यदि माकुराले जालो बनाएको छ भने ऋण लाग्ने पैसा खर्च हुने शास्त्रले बताएको छ । साथै घरमा अशुभ संकेतको रुपमा मानिन्छ । घरमा कुनै वेला नराम्रो घटना हुन सक्ने संकेतको रुपमा बताईको छ । त्यसैले घरमा माकुराले बनाएको जालोहरु  सफा गर्नु उपयुक्त मानिन्छ । 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०६:१५
प्रतिक्रिया दिनुहोस्