जनमुखी मावि रङसिङ्गको ४० औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न
गढवा, १६ माघ - दाङकाे गढवा गाउँपालिका वडा नम्बर १ मा स्थित जनमुखी माध्यमिक विद्यालय रङसिङ्गको ४० औं वार्षिक उत्सव तथा अभिभावक भेला बुधबार रङसिङ्गमा सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुब बहादुर कुमालको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको विशिष्ट आतिथ्यमा ४० औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको हो।
शहिदको तस्विरमा माल्यार्पण गर्दै पानसमा दिप जलाएर कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गर्नु भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले विद्यालयले कल्पना गरेको आवश्यक भवन निर्माण, पुस्तकालय निर्माण र खेल मैदानको लागि पालिका बाट सहयोग गर्ने बताउनु भयो। मावि तह सञ्चालन गरेको छोटो समयमा ठुलो उपलब्धि हासिल गरेको भन्दै धन्यवाद समेत दिनु भयो। शैक्षिक गुणस्तर सुधारका लागि बिद्यालयले मात्र केही गर्न नसक्ने भन्दै शिक्षक र अभिभावक र बिद्यार्थी सहितको तृकोणिय प्रयास आवश्यक रहेको बताउनुभयो। सबै काम बिद्यालयले गर्छ र नतिजा राम्रो आउछ, बिद्यार्थी सबै पास हुन्छन् गुणस्तर सुधार हुन्छ भन्ने भ्रम हटाएर अभिभावकहरु सक्रिय रुपमा लाग्नु पर्ने गाउँपालिका अध्यक्ष पोख्रेलले भन्नु भयो। मावि सञ्चालनको समयमा दुर्गम ठाउँमा पर्ने जनमुखी मावि रङसिङ्गलाई पहिलो प्रथामिक्तामा राखेर पालिका संघिय अनुदानमा दुई शिक्षकको व्यवस्थापन गरेको बताउनु भयो। पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्किदो भएकोले गढवा गाउँपालिकाले संस्कार सहितको गुणस्तरीय शिक्षा दिन गाउँपालिका निरन्तर लागेको बताउनुभयो। गढवा गाउँपालिका वडा नम्बर १ रङसिङ्गमा खानेपानी, सिँचाइ, खहरे खोला धेरै भएकाले खोला कटान क्षेत्रमा तटबन्ध लगायतका बारेमा आफु गम्भिर भएको बताउनुभयो। साथै रङसिङ्गमा आधारभूत स्वास्थ्य ईकाई निर्माण गर्नका लागि नयाँ आर्थिक वर्षमा बजेट विनियोजन गर्ने बताउदै ठाउँको बारेमा बृहत छलफल गरे अघि बढ्ने बताउनुभयो।
त्यसैगरी वार्षिक उत्सव समारोहमा बोल्दै गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीले आफुले अध्ययन गरेको विद्यालय जनमुखी मावि भएकोले आफ्नो र विद्यालय बिचको छुट्टै सम्बन्ध कायम रहेको बताउनुभयो। विद्यालयको विकाश र शैक्षिक क्षेत्रमा हुने सहयोग गर्दै आएको र निरन्तर गर्ने बताउनु भयो। हिजोका दिनमा तमाम समस्याका बाबजुद दयनिय अवस्था झेलेर आएको जनमुखी मावि आज सुविधा सम्पन्न भएको बताउनुभयो । बितेका दिनहरु बिबादित भएता पनि पछिल्लो समयमा अभिभावक र विद्यालय संगको सुमधुर समबन्ध कायम शैक्षिक गुणस्तर सुधारका लागि सफल प्रयास भएको बताउनुभयो।
शैक्षिक क्षेत्रमा गुणस्तर सुधारका लागि सबैको साझा प्रयास र सहयोगको खाँचो आवश्यक पर्ने बताउदै वडाध्यक्ष अधिकारीले रङसिङ्गका शिक्षक सतप्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल बिद्यालय भएको आफैमा उदाहरणीय भएको बताउनुभयो। विद्यालयको मञ्च निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो।
विद्यालयको शैक्षिक तथा भौतिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक ज्ञानहरी रिजालले बिक्रम सम्बत २०४२ सालमा स्थापना भई २०८०देखी मावि तल कक्षा ९,शैक्षिक सत्र २०८१ देखी माध्यमिक तह कक्षा १० सञ्चालन हुदै आएको प्रतिबेदनमा प्रस्तुत गर्नुभयो। हाल विद्यालयमा २ सय ५१ विद्यार्थी अध्ययनरत रहेका छन् भने १४ जना शिक्षक कर्मचारी रहनु भएको छ। विद्यालयमा ४ भवनमा १२ कोठा रहेका छन्। विद्यार्थीको चाप अनुसार कक्षा कोठा पर्याप्त नभएको प्रधानाध्यापक रिजालले प्रतिबेदनमा प्रस्तुत गर्नुभएको थियो। साथै विद्यालयले आउने पाँच बर्षमा बाउण्ड्री निर्माण, बिद्यार्थी र कक्षागत अधारमा शिक्षक दरबन्दी व्यवस्थापन गर्ने, पुस्तकालय सञ्चालन गर्ने, कक्षा १ र २ हुदै ३ सम्म अंग्रेजी माध्यम बाट पठनपाठन शुभारम्भ गर्ने, बिचैमा कक्षा छाड्ने प्रतिशत शुन्यमा झार्ने, गुणस्तरिय र बालमैत्रीपुर्ण शिक्षण सिकाई गराईने भाबी योजना रहेको प्रतिबेदनमा प्रस्तुत गर्नु भयो। साथै २०८० को पालिका स्तरीय कक्षा ८ को परिक्षामा गढवा गाउँपालिकामा दोस्रो स्थान र कक्षा आठमा अध्ययनरत अमृत गिरी ३.६५ जिपिए सहित गाउँपालिका प्रथम भएको जानकारी दिनु भयो । त्यसैगरी शैक्षिक सत्र २०८० मा पालिका स्तरीय कक्षा आठको परिक्षामा विध्यालयका प्रधानाध्यापक ज्ञानहरी रिजाल सामाजिक, लेखराज पोख्रेल नेपाली र टिकाराम आचार्य विज्ञान विषयमा शतप्रतिशत विद्यार्थी उतिर्ण गराई सम्मानित हुनु भएको प्रगति प्रतिवेदनमा प्रधानाध्यापक रिजालले प्रस्तुत गर्नु भएको थियो।
४० औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयले बिभिन्न समयमा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई सम्मान समेत गरेको थियो।साथै विद्यालयको स्थापना कालदेखि अतुलनीय योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। कक्षा आठको नतिजामा उत्कृष्ट अंक सहित अमृत गिरि, उत्कृष्ट शिक्षकको रुपमा बालबिकाश शिक्षिका यमु गिरि, कक्षा ८ को परिक्षामा नेपाली बिषयमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल लेख राज पोख्रेल, विद्यालयको स्थापना कालदेखि अतुलनीय योगदान पुर्याउने पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोप बहादुर पुनलाई लगाएतलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।
साथै सम्पन्न ४० औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयले जन्मोत्सव कोष स्थापना गरेको छ। विद्यालयमा कार्यरत शिक्षक कर्मचारी अभिभावक र अभिभावक जो कोहीले पनि जन्मोत्सव कोष स्थापनामा रकम जम्मा गर्न पाउनेछन्। साथै जन्मोत्सव कोषको रकम बिद्यालयको हकहितमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक ज्ञानहरि रिजालले जानकारी दिनुभयो।
विद्यालयका सहायक प्रधानाध्यापक रेकम कवँरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक देवेन्द्र पोख्रेलले गर्नु भएको थियो