सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
गढवा, १५ माघ - दाङको गढवा गाउँपालिकाले किशोरीहरुलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ ।
गढवा गाउँपालिका स्वास्थ्य शाखा कैलाश चन्द्र चौधरीका अनुसार पालिकाभरीमा कक्षा ६ देखी कक्षा १० मा अध्ययनरत किशोरी हरुलाई र विद्यालय बाहिरको हकमा १०-१४ वर्ष उमेर समूहका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको निशुल्क एचपिभी खोप लगाउने कार्यक्रम हुने जानकारी दिनुभयो।
गढवा गाउँपालिकामा सञ्चालित सामुदायिक र संस्थागत विद्यालय र विद्यालय बाहिरका किशोरीहरुलाई समेत खोप लगाइने कार्यक्रम रहेको प्रमुख चौधरीले बताउनुभयो।
यही माघ २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने यो कार्यक्रम विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई लक्षित गरिएको छ ।
कार्यक्रमका लागि पालिकाभित्रका ८ वटा विभिन्न स्वास्थ्य संस्था र २५ सामुदायिक तथा निजी विद्यालय गरी ३३ वटा खोप केन्द्र निर्धारण गरिएको छ । खोप कार्यक्रम सञ्चालनका लागि २६ स्वास्थ्यकर्मी, ८२ जना महिला स्वास्थ्य स्वयंसेविका र २५ जना शिक्षक परिचालन गरिनेछ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान अब निरन्तर चल्ने गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले बताउनुभयो। यो कार्यक्रम यो बर्ष मात्र होईन अरको बर्ष पनि चल्छ। यो बर्ष कक्षा ५ मा अध्ययनरत किशोरीहरु अर्को वर्ष कक्षा ६ मा जाने र तिनको लागि पनि यो कार्यक्रम अनिवार्य रुपमा सञ्चालन हुने जानकारी दिनुभयो