आज यी प्रदेशमा हिमपातको सम्भावना 

शनिबार, माघ २७, २०८०

काठमाडौं - पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

विभागका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्