राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु

आइतबार, माघ ६, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

मसुरीया, ६ माघ । दाङ -  देउखुरीकाे राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन आइतबारदेखि पालिकाको सभाहलमा मसुरीयामा शुरु भएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा अधिवेशन शुरु भएको हाे।

अधिवेशनकाे पहिलो बैठकले आर्थिक विकास समितिका संयाेजक गेमे खड्काले प्रस्तुत गर्नुभएको "गाउँपालिकाको आर्थिक ऐन २०८१" को संशोधित प्रस्ताव सर्वसम्मत रुपले पारित गरेको पालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनुभएको छ।WhatsApp-Image-2025-01-19-at-7.09.21-PM(1)-1737294228.jpeg
त्यस्तैगरी सभाको शून्य समयमा गाउँपालिकाका उपाध्यक्ष कमलापती चाैधरी,गाउँसभा सदस्य वीर बहादुर चाैधरी,दिपक कुमार चाैधरी,भुपलाल थापा मगर र बलिराम चाैधरीले जनजीविकाका विविध विषयमा आफ्ना धारणा तथा जिज्ञासाहरु राख्नु भएको थियो ।

अधिवेशनको दाेस्राे बैठक पुनः माघ २२ गते बस्ने गरि स्थगित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सचिव नेब बहादुर ओलीले जानकारी दिनुभएको

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्