आजको राशिफल माघ २७ गते शनिवार

शनिबार, माघ २७, २०८०

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
प्रयास बाट कुनै पनि नयाँ काम गर्ने समय छ । सक्रारात्मक सोचाईले कार्यमा सफलता रहनेछ । आफन्तको भनाई लाई आत्मा साथ गदै अगाडि बढनु होला । तपाईको परिश्रम बाट अरुलाई बढि फाईदा रहने समय देखिन्छ । छेनिक फाईदा लिदा दिर्घकालीन असर हुने समय रहेको देखिन्छ ।
 

बंगलाचुली गाउँपालिका

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
तपाईका अगाडि थुपै अवसर हुनेछन तर सोच बिचार गरेर अगाडि बढनु होला । कार्यको शिलशिलामा केहि समस्या  रहनेछ । तत्कालीन फाईदा नहुने कार्यको भूूमिका लिनु पर्ने देखिन्छ । तपाईको कमजोरीको मौका अरुले उठाउने समय देखिन्छ । सामाजिक कार्यमा सफलता रहने समय देखिन्छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
तपाईको मेहनत बाट कार्यमा सफलता रहने समय देखिन्छ । नसोचेको काम बन्ने समय रहेको छ । आफन्त तथा सहयोगिहरुको राम्रो साथ सहयोग रहने समय छ । तपाईको कार्यको प्रशंसा हुनेछ । आफनो प्रतिभाले अरुलाई आर्कषित गर्ने समय रहेको छ । मान प्रतिष्ठा बढने समय रहेको देखिन्छ ।


कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
बिगतका समस्याहरु बेलामौकामा दोहरिन सक्ने देखिन्छ । सोचेको कार्यमा केहि बाधा रहने समय छ । आफनो भन्दा अरुको लागि बढि समय दिनु पर्ने समय रहेको छ । स्वास्थ्यमा बिशेष ख्याल गर्नुहोला । आर्थिक लेनदेनमा समस्या आउने समय छ । केहि बस्तु हराउने समय छ । दौडधुप बढने समय छ ।


सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
हतार मा काम नगर्नु होला । सोचविचार गरेर काम गर्नु होला । मेहनत र लगनशीलताले काम बन्ने समय रहेको छ । घर परिवारको साथ सहयोग बाट कार्यमा सफलता रहने समय छ । प्रेम तथा मित्रताको क्षेत्रमा सफलता रहनेछ । बोल्दा बिचार गरेर बोल्नु होला । समस्या दर्साउदा केहि सहयोग रहनेछ ।


कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
साधन स्रोतको प्रयोग बढने समय छ । मेहनत गर्नेहरुको लागि समय ठिकै रहला । तपाईको कार्यमा बाधा दिनेहरु प्रशस्त्र हुनेछन । अरुको बिश्वासमा नलाग्नु होला । फाईदा लागि गोपिनियतामा ख्याल गर्नु होला । केहि उत्साह तथा केहि समस्यामय समय रहेको देखिन्छ । दैनिक कार्यमा ठिकै रहला ।
 
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
प्रयास बाट सोचेका कामहरु बन्ने समय रहेको देखिन्छ । शैक्षिक क्षेत्रमा सफलता रहने छ । बौद्धिक क्षेत्रमा सफलता ठिकै छ । आयआर्जनमा सफलता रहने देखिन्छ । आफुलाई मन पर्ने भौतिक सामाग्री जोडने समय रहेको छ । बिगतमा रोकिएका कामहरु बन्ने समय रहेको देखिन्छ । व्यापार व्यवसायमा ठिकै छ ।


वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
आफन्त तथा सहयोगिहरुको भावना बुझने प्रयास गर्नुहोला । आयआर्जनमा ठिकै रहला । घर परिवारको साथ र सहयोगको माध्यामबाट कार्य बन्ने समय रहेको छ । मन पर्ने भौतिक सामाग्री जोडने समय छ । बिगतमा रोकिएका कामहरु बन्ने समय छ । आर्थिक क्षेत्रमा ठिकै रहने समय देखिन्छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
आत्मा बिश्वास बाट कार्यमा सफलता छ । लगनशीलता बाट जीवनशैलाीमा परिवर्तन  हुने समय छ । समय लाई व्यवस्थापन मिलाएर अगाडि बढनु होला । आफन्तको सल्लाह सुझावलाई मध्यनजर गदै अगाडि बढनु होला । विगतको समस्याले केहि प्रतिकुलता दिने देखिन्छ । अनाबश्यक खर्च बढने छ ।


मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आम्दानीका बढने समय रहेको छ । तपाईको बोलिको प्रभाव पर्ने देखिन्छ । सोचबिचार बाट आर्जन गर्ने ठाउँ पत्ता लगाउने समय छ । सामान्य प्रयास बाट कार्यमा सफलता रहनेछ । मेहनत बाट कार्यमा सफलता रहनेछ । तपाईको बिचार अभिव्यक्तिले कार्यमा सहयोगको भूमिका खेल्ने समय छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
नबिन कामको प्रस्ताव आउनेछ । रचनात्मक काम बन्ने समय छ ।  आर्थिक क्षेत्रमा ठिकै रहला । बिगतको कार्य सफलताले आत्मा बिश्वास बढने समय छ । स्वादिष्ट भोजनको समय छ । रमाईलोमा समय बित्नेछ । आफनो गल्ति कमजोरीलाई सुधार गर्ने समय रहेको छ । प्रेममा सफलता रहने छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पहिलेको गल्ति लाई सुधार गरेर अगाडि बढने समय छ । घर बाहिरको कार्यमा सफलता रहने समय छ । धैर्यता तथा निरन्तरता बाट कार्यमा सफलता रहने समय छ ।  यात्राको समय रहेको छ । खर्चमा केहि बृद्धि रहने छ । आफनो मान सम्मानमा ख्याल गर्नुहोला । दैनिक कार्यमा सफलता छ ।

                  वास्तु ज्ञान

     कुनै पनि आवासीय घरको छेउमा मन्दिर बनाउन हुँदैन ।

कुनै पनि आवासीय घरको छेउमा मन्दिर बनाउनु हुँदैन । यो मन्दिर पहिला देखि नै बनेको छ भने घर बनाउनु हुँदैन । यदि मन्दिर र घर दुवै छ भने मन्दिरको छायाँ घरमा पर्नु हुँदैन ।मन्दिरको वरपर खुला स्थान राख्नुपर्छ । सम्भवत. यसै कारणले वृन्दावनमा अधिकांश मन्दिर धैरै स्थान छोडेर बनाइएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०६:३५
प्रतिक्रिया दिनुहोस्