दाङमा आफ्नै साथीलाई गोली हानी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

शनिबार, माघ ५, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ - दाङमा गोली हानेर साथीको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दंगीशरण- २ कौवाघारीमा प्रेम कुसारीको गोली हानी हत्या गरेको अभियोगमा दंगीशरण- २ कै छविलाल डांगी र पुष्प बस्नेत पक्राउ परेका हुन् ।

छविलाललाई बाँकेको कोहलपुर र पुष्पलाई तुलसीपुर बजारबाट पक्राउ गरिएको हो । माघ ३ गते छविलाल र पुष्पले प्रेमलाई गोली हानेर हत्या गरेका थिए । उनीहरूले गोली हानेर पनि जिंगटको रूखबाट खसेर घाइते भएको बताएका थिए ।

प्रेमको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो । साभार नेपाल प्रेस

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्