पन्ध्र सैयाको अस्पतालबारे बबई गाउँपालिकाले छानविन गर्ने 

शुक्रबार, माघ २६, २०८०

दाङ - दाङको बबई गाउँपालिकाले बबई ३ हंसपुरमा रहेको १५ सैयाको अस्पतालको बिषयमा छानबिन गर्ने भएको छ। बिहिवार गाउँपालिकाको आर्थिक वर्ष २०८०र८१ को १२ ओैं कार्यपालिकाको बैठकले अस्पतालको कम्जोर पलास्टरबारे सामाजिक सञ्जालमा आएको बिषयमा छानबिन गर्ने निर्णय भएको बबई गाउँपालिकाका प्रवक्ता तिलकराम भण्डारीले जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिका

अस्पतालको बिषयमा सामाजिक सञ्जालमा आएका बिषयमा स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै अस्पतालको बिषयमा बास्तबिक्ता पत्ता लगाउन पालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानवीन समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता भण्डारीले बताउनुभयो  । 

त्यस्तैगरी छानबिन समितिको सदस्यहरुमा पालिकाका सब ईन्जिनियर रिदम खड्का र सव ओभरसियर हिरालाल वली रहनु भएको छ । समितिले अस्पतालका बिषयमा ७ दिनभित्र सत्यतथ्य पत्ता लगाई प्रतिबेदन पेस गर्ने  प्रवक्ता भण्डारीले बताउनुभयो ।

त्यस्तै बैठकले बबई १ को जिलामा गत वर्ष निर्माण सम्पन्न भएको स्वास्थ्य चौकिको भवनमा खोप केन्द्र सञ्चालन गर्ने समेत निर्णय गरेको छ। त्यस्तै बैठकले प्रदेश सरकार मार्फत सञ्चालन भएका योजनाहरुमा स्थानिय सरकारलाई नदिजन्य पदार्थ प्रयोग गरे बापत तिर्नुपर्ने राजस्व तिरिसकेपछि मात्रै सिफारिस गर्न वडालाई निर्देशन दिने निर्णय गरेको छ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्