राप्ती गाउँपालिका दाङ्ग द्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

सोमबार, पुस २९, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

तुल बहादुर कवँर मगर
भालुकाङ २९ पुस - दाङको राप्ती गाउँपालिकाले माघी (माघे संक्रान्ति) पर्वको अवसरमा माघ ३ गते बिहीबार सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

पालिकाले थारु तथा मगर समुदायहरुले विशेष पर्वको रुपमा मनाउने उक्त पर्वको अवसरमा राप्ती गाउँपालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिएको एक सुचना जारी गरि जानकारी गराएको छ ।

पालिका क्षेत्रमा थारु र मगर समुदायले माघी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् ।

गाउँ कार्यपालिकाकाे निर्णय अनुसार विदा दिएको पालिकाका अध्यक्ष प्रकाश विष्ट द्धारा जारी सुचनामा उल्लेख छ ।

यसैबिच साे पर्वको अवसरमा माघ १ गते नेपाल सरकार र २ गते लुम्बिनी प्रदेश सरकार द्धारा प्रदेश भर सार्वजनिक बिदा दिएकाे छ ।IMG-20250113-WA0000-1736748636.jpg

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्