राप्तीका धार्मिक तथा पर्यटकीय स्थलहरूको स्तरोन्नती गरिंदै

शनिबार, पुस २७, २०८१

भालुबाङ - दाङको राप्ती गाउँपालिका भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको स्तरोन्नती हुने भएको छ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको पहलमा पूर्वमन्त्री खड्ग बस्नेत लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयमा मन्त्री भएको समयमा विनियोजित बजेट कार्यान्वयनसँगै ती स्थलहरूको स्तरोन्नती हुने भएको हो।WhatsApp-Image-2025-01-11-at-5.40.32-AM-1736555345.jpeg
पालिकाका पाँच प्रमुख पर्यटकीय स्थलहरूको विकासका लागि पर्यटन डिभिजन कार्यालय, कोहलपुर बाँकेमार्फत काम हुने करिब ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। यस अन्तर्गत, वडा नं. १ को रामजहदी हरित पार्क, वडा नं. २ को हर्षेडाँडा मन्दिर, वडा नं. ५ को खाैराबाबा, भुल्के, र वडा नं. ८ को शिव मन्दिरको विकास तथा स्तरोन्नती गरिनेछ।

उक्त बजेट कार्यान्वयनका लागि शुक्रबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरी, पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका निमित्त कार्यालय प्रमुख टंकनाथ खनाल, इन्जिनियर राजकुमार निरौला लगायत अन्य जनप्रतिनिधिहरुले स्थानीय नागरिकहरूको सहभागितामा उक्त क्षेत्रकाे स्थलगत अवलोकन गर्नु भएको छ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ०६:१४
प्रतिक्रिया दिनुहोस्