राप्ती गाउँपालिकामा सरसफाइ रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन हुने

बुधबार, पुस २४, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

भालुबाङ - दाङको राप्ती गाउँपालिकाले सरसफाइ रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ। बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा पालिकाले उक्त प्रतियोगिता सम्बन्धी जानकारी गराएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वच्छ तथा सरसफाइ युक्त पालिका बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो। उहाँले हरेक क्रियाकलापमा प्रतिस्पर्धा आवश्यक भएको र सरसफाइमा टोलटोल र वडा वडा बीच प्रतिस्पर्धा भए पालिकालाई सफा र स्वच्छ बनाउन सकिने बताउनुभयो।WhatsApp-Image-2025-01-08-at-5.21.58-PM(1)-1736344199.jpeg
पालिकाले सरसफाइ सम्बन्धी १२ वटा सूचक तथा मापदण्ड बनाएर मूल्यांकन गर्ने जनाएको छ। यो प्रतियोगिता वार्षिक रुपमा वडा र टोल स्तरमा छुट्टाछुट्टै सञ्चालन गरिने खानेपानी तथा सरसफाइ शाखा प्रमुख गीता चौधरीले जानकारी दिनुभयो।

शाखा प्रमुख चौधरीका अनुसार वडा स्तरको प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने वडाहरूलाई क्रमशः एक लाख र पचास हजार रुपैयाँ बराबरको योजना प्रदान गरिनेछ। त्यस्तै, उत्कृष्ट टोल विकास संस्थालाई २० हजार रुपैयाँ बराबरको सरसफाइ सामग्री प्रदान गरिनेछ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष कमलापती चौधरी, वडा अध्यक्षहरू, अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि,विद्यालयका प्रधानाध्यापक र विभिन्न
संघ संस्थाका प्रमुखहरू सहभागीता रहेको थियो ।WhatsApp-Image-2025-01-08-at-5.21.56-PM-1736344245.jpeg
कार्यक्रमका सहभागीहरूले सरसफाइ तथा रनिङ्ग शिल्ड प्रतियोगिता सम्बन्धी विभिन्न जिज्ञासा तथा  सुझाव राखेका थिए।

कार्यक्रममा रोजगार शाखा प्रमुख तथा वातावरणविद् मुमाराम भुसालले फोहोरमैला व्यवस्थापन तथा सरसफाइ रनिङ्ग शिल्ड सम्बन्धी प्रस्तुति दिनुका साथै पालिकाले सरसफाइको क्षेत्रमा हालसम्म गरेका कार्यहरूको जानकारी गराउनु भएकाे थियो ।त्यस्तै साझेदारी संस्था इको फेमली प्राइभेट लिमिटेड हेटौंडाका सञ्चालक रुपेश राज कुँवरले फोहोर र त्यसको व्यवस्थापन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले गर्नुभएको थियो।

WhatsApp-Image-2025-01-08-at-5.21.56-PM(1)-1736344273.jpeg
 

 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्