डेनमार्कमा बस्ने प्रमोदले आफ्नो छोराको जन्म दिनमा दिए निलसागरलाई फ्रिज र खाट

बुधबार, पुस २४, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

सिसहनियाँ  - दाङको राप्ती गाउँपालिका–५ प्रगतिनगर सिसहनियाँ निवासी हाल डेनमार्कमा बस्दै आएका प्रमोद अधिकारीले आफ्नो छोराको जन्म दिनका अवसरमा निलसागर सेवा आश्रममा फ्रिज र खाट सहयोग गर्नुभयाे । छोरा शास्वत अधिकारीको पहिलो जन्म दिनको अवसर पारेर डेनमार्कमा बस्दै आएका प्रमोद अधिकारी र निशा जोशी अधिकारीले पठाएको रकमबाट बुवा थानेश्वर अधिकारी तथा आमा तारादेवी अधिकारीले मंगलवार राप्ती गाउँपालिका वडा नम्बर ८ मिलनडाँडामा रहेको निलसागर सेवा आश्रमलाई करिव ४० हजार रकम बराबरको १ वटा फ्रिज र १ वटा खाट हस्तान्तरण गर्नुभयाे ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

जन्मदिनमा केक काट्ने, पाटी गर्ने तथा फजुल खर्च गर्ने संस्कारलाई चुनौती दिदै अधिकारी परिवारले जन्मदिनको अवसरमा रचनात्मक कार्य अन्तर्गत सडक मानब आश्रितहरुलाई निलसागर सेवा आश्रममै पुगेर फ्रिज र खाट प्रदान गरेका हुन् । जन्मदिनमा केक काट्नु, पाटी गर्नु तथा फजुल खर्च गरेर जन्मदिन मनाउने हाम्रो संस्कार होइन, हजुरबुवा थानेश्वरले भने । हामीले जन्मदिन जस्ता पबित्र कार्यहरुमा यस्ता अनाथ, असाहयहरु बस्ने आश्रमहरुलाई सहयोग गर्नु नै सच्चा धर्म भएको बताउनुभयाे ।

साथै उहाँले अरुलाई पनि यसरी नै जन्मदिन मनाउन सुझाब दिए । जसले समाज र नयाँ पुस्तामा समेत यस्तो संस्कारको सन्देश पुग्ने अधिकारीले बताउनुभयाे । आश्रममा आएर थोरै भए पनि जन्म दिनको अवसरमा सहयोग गरेकोमा निलसागर सेवा आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीले धन्यवाद दिनुका साथै जन्म दिनको शुभकामना दिनुभयाे।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ०७:१६
प्रतिक्रिया दिनुहोस्