सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - दाङको बागरमा लाग्ने महत्सवको तयारी तिब्र रुपमा अगाडी बढेको छ । फ्रेन्डस स्केट जोन प्रा.लि। नारायणपुरको आयोजना तथा मितेरी युवा क्लब तुलसीपुरको सह–आयोजनामा दंगीशरण–६ को बागर खोलास्थित हाटहजार लाग्ने स्थानमा यही पौष २८ गतेदेखी माघ ८ गतेसम्म प्रथम दंगीशरण कृषि, पर्यटन, व्यापारिक तथा साँस्कृतिक महोत्सव–२०८१ लगाउने तयारी भइरहेको संयोजक अजय बुढाथोकीले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिनुभयो । उहाँका अनुसार मेलाको ५० प्रतिशत तयारी पुरा भइसकेको छ ।
स्थानियस्तरका कृषी सामाग्री प्रदद्र्धन गरी कृषकलाई प्रोत्साहन गर्ने, दंगीशरण भित्रका एतिहासिक, पर्यटकियस्थलहरुको व्यापक प्रचारप्रसार गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो । महोत्सवमा स्थानियसँगै राष्ट्रीयस्तरका ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । महोत्सवको संरक्षकमा दंगीशरण गाउँपालिका रहेको छ । दर्शकलाई महोत्सव स्थलमा प्रवेशका लागी सुल्क १०० रुपैयाँ राखिएको छ । झण्डै ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको महोत्सवबाट ६० लाख भन्दा धेरै रकम संकलन हुने अनुमान गरिएको संयोजक बुढाथोकीले जानकारी दिनुभएको छ ।