रुन्टीगढी गाउँपालिकाको सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न

मंगलबार, पुस २३, २०८१

रोल्पा - रोल्पाको रुन्टीगढी गाउँपालिकाको अर्धवार्षिक सार्वजनिक सुनाई कार्यक्रम सोमबार सम्पन्न भएको छ। राज्य तहबाट गर्दै आएका कामहरू प्रति जनताको भनाइ  सल्लाह सुझाव प्रश्न जिज्ञासा प्रतिको जवाफदेहिता नागरिकको गुनासो सम्बोधन गर्ने र राज्य तहले प्रदान गर्ने सेवा सुविधा प्रति चुस्त दुरुस्त राखी कार्यसम्पादन गर्ने उद्देश्यका साथ सार्वजनिक सुनाई कार्यक्रम गरिन्छ ।

 आर्थिक वर्ष २०८१र८२ मा रुन्टीगढी गाउँपालिकाले गर्दै आएका कामहरू प्रति जनताको भनाइ  जनताको सल्लाह सुझाव प्रश्न जिज्ञासा प्रतिको जवाफदेहिता नागरिकको गुनासो सम्बोधन गर्ने हेतुका साथ सार्वजनिक सुनाई कार्यक्रम गरिएको हो। उक्त कार्यक्रम अन्तर्गत रहेर गाउँपालिकाले हालसम्म गरेका कार्यहरुको प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । गाउँपालिकाले गरेका कार्यहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरिसकेपछि मुख्य जवाफकर्ताको रूपमा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन हुनुहुन्थ्यो भने अन्य जवाफकर्ताको रूपमा गाउँपालिका उपाध्यक्ष सरिता केसी त्यस्तै वडाका जनप्रतिनिधिहरू र लामो समयदेखि सहिद मार्गको विषयमा उठिरहेका प्रश्नहरूको विषयमा उठेका प्रश्नहरूको जवाफकर्ताको रुपमा सहितमार्ग सडक योजनाका योजना प्रमुख माधव घिमिरेको पनि उपस्थिति रहेको थियो भने होलेरी आसपासमा प्रशासनिक गतिविधिको बारेमा जवाफकर्ताको रूपमा इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक सरोज प्रजापतिको समेत उपस्थिति रहेको थियो।

 उक्त कार्यक्रममा जनताको भौतिक उपस्थिति भने एकदमै न्यून रहेको थियो र भौतिक उपस्थिति न्यून भएतापनि जनताको प्रश्न जिज्ञासा सुझाव सल्लाह र गुनासो सम्बोधनका लागि कार्यक्रमलाई विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो। सार्वजनिक सुनाई कार्यक्रममा सहभागिता कम भएपछि प्रश्नकर्ताहरूले उपस्थितिका विषयमा प्रश्न गर्दै कार्यक्रम व्यापकता माथि प्रश्न राखेका थिए  र यसलाई आगामी दिनहरूमा सुधार गरेर अगाडि बढ्न समेत सुझाव दिएका थिए ।

    यिनै प्रश्न माथि जवाफ दिँदै मुख्य जवाफकर्ता अध्यक्ष पुनले यो एक्काइसौं शताब्दीको भएको र यो युग सूचना प्रविधिको युग भएको हुनाले यो युगमा भौतिक उपस्थिति हुनुले मात्रै सहभागिता को औचित्य नबढाउने हुँदा यो युगमा विभिन्न सामाजिक सञ्जाल विभिन्न संचार माध्यमबाट भइरहेको प्रत्यक्ष प्रसारणबाट पनि आफ्ना प्रश्न जिज्ञासाहरू राख्न सकिने कुरा बताउँदै आफूले गरेका कामहरू प्रति जनता सन्तुष्ट भएको र नीतिविधि भन्दा बाहिर रहेर काम नगरेको हुनाले जनताले प्रश्न गर्न नरुचाएको र प्रश्न गर्न नचाहेको बताउनु भएको छ। यस्तै आफूहरू नीतिविधि भन्दा बाहिर नगएर काम गर्दा पनि केही  एक आध व्यक्तिहरूले आग्रह पूर्वाग्रहको भाव राखेर बोलिने कुरा एक ठाउँमा भएता पनि आफूहरू नीतिविधि भन्दा बाहिर कहिले नभएको र कहिले नरहने कुरा पनि व्यक्त गर्नु भयो ।

त्यस्तै थप बोल्दै समाचार सम्प्रेषणको क्रममा केही तत्त्वहरले गाउँपालिकालाई कसरी बदनाम गराउन सकिन्छ भन्ने पूर्वाग्रह राखेर निरन्तर समाचार सम्प्रेषण गरिरहेको हुँदा सत्य तथ्य बुझेर जनता भ्रमित नहुन समेत अनुरोध गर्नुभएको छ। त्यस्तै जो कोहीले पनि जनतामाझ समाचार सम्प्रेषण गर्दा सत्य तथ्य बुझेर पालिकाको क्षेत्राधिकार र पालिकाले गर्ने काम कर्तव्य कहाँ र कतिसम्म हुन्छ भन्ने कुरालाई विस्तृत रूपमा अध्ययन गरेर जनतामाझ पुर्‍याउन समेत आग्रह गर्नुभएको छ। त्यस्तै सहिद मार्गको घोराही देखि होलेरी सम्म पिच भएको बाटो उम्किएर  जनतालाई शास्ती भएको विषयमा बोल्दै सहिद मार्गको विषयमा गाउँपालिका स्तरबाट गर्नुपर्ने सबै पहलहरू गर्दा पनि केही उपलब्धि र सुनवाई नभएको हुँदा अब गाउँपालिका स्तरबाट सिंहदरबारमा गएर धर्ना दिनु सिवाय अरु विकल्प नरहेको समेत उहाँले बताउनु भयो । स्थानीय सरकारको माग सुनाई नहुँदा स्थानीय सरकार प्रमुख अब अन्तिम विकल्पको रुपमा धर्ना दिने तयारीमा रहेको कुरा समेत उल्लेख गर्नुभयो।

 यस्तै खेलमैदानको विषयमा उठेको प्रश्नमाथि जवाफ दिँदै आफू गाउँपालिका अध्यक्ष हुनुभन्दा पहिला नेपाली कांग्रेसको सभापति भएकोले नीतिविधि विपरीत भएको कामको खबरदारी गर्नु आफ्नो मुख्य जिम्मेवारी रहेको हुँदा एक आर्थिक वर्षको असार मसान्तमा सक्नुपर्ने काम अर्को आर्थिक वर्षको योजना सम्झौता समय हुनु अगावै  साउनको महिना सुरु गरेपछि मैले यो नीतिसंगत र कानुन विपरीत भयो भनेर विरोध गरेको हुँ र रोक्ने प्रयास गरेको थिए तर यो को हो र यसले के गर्न सक्छ भनेर दबाएर अगाडि बढ्न खोजे पछि जनताको अधिकार माथि नाङ्गो नाच नाच्न पाइँदैन भनेर मैले प्रशासन लगाएर त्यो काम रोक्न लगाएको थिए ।  यही काम अर्को आर्थिक वर्षमा नीतिविधि पद्धति संगत ढङ्गलेअगाडि बढ्दा खेरि मैले कुनै अवरोध गरिन र खेलमैदान बन्यो तर दुर्भाग्यवश यो खेलमैदान राम्रो बन्न सकेन यही खेलमैदानको विषयमा अहिले अवरोध गर्यो भनेर ट्रोल बनाइएको छ र अहिले यसै विषयलाई केन्द्रित गरेर राजनीतिक कुटीखेलो र कमाई खाने भाँडोको रूपमा खेलमैदान बन्न पुगेको छ । तर मैले खेलमैदान बनाउनु हुँदैन भन्ने पक्षमा विरोध गरेको होइन नीतिसंगत र कानुन विपरीत काम भयो भन्ने विषयमा विरोध गरेको थिए भनेर उहाँले बताउनुभयो।

 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्