रनिङ सिल्डमा प्रथम स्थान हासिल गरेपछि उत्सव मनाउँदै महेन्द्र मावि होलेरी

आइतबार, पुस २१, २०८१

२१ पुस रोल्पा - छैठौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रथम भएपछि महेन्द्र माध्यमिक विद्यालय होलेरी रोल्पाले  खुसी व्यक्त गर्दै उत्सव मनाएको छ । गत वर्षको पाँचौं राष्ट्रपति रनिङशील प्रतियोगितामा पनि महेन्द्र माध्यमिक विद्यालय प्रथम नै भएको थियो। प्रथम भएपछि आफ्ना विद्यार्थी खेलाडीहरूको हौसला वृद्धिका लागि उक्त विद्यालयले एक कार्यक्रम गरी उत्सव मनाएको हो।

 गत वर्ष विभिन्न विधाका खेलहरूमा सहभागी भएर १६ वटा स्वर्ण पदक हात पार्दै प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने यस वर्ष विभिन्न विधाका खेलहरूमा विद्यार्थी खेलाडीहरुलाई सहभागी बनाएर  १५ वटा स्वर्ण पदक  सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ।

त्यस्तैगरी ६ स्वर्ण पदक सहित सूर्योदय माध्यमिक विद्यालय मसिना द्वितीय स्थान हासिल गर्न सफल भएको छ। त्यस्तै ४ स्वर्ण पदक सहित भीमसेन माध्यमिक विद्यालय शैवाङ तृतीय स्थान हासिल गर्न सफल भएको छ भने ३ स्वर्ण पदकसहित  ब्यवस्थापककाे जिम्मेवारी पाएकाे सरस्वती माध्यमिक विद्यालय  सतिम सान्त्वना स्थान हासिल गर्न सफल भएको छ।

  त्यस्तैगरी स्वर्ण पदक हात पार्ने  बिधालयहरु यस प्रकार रहेका छन । ३००० मि. दौड - छात्र/छात्रा - महेन्द्र मा. वि. होलेरी १५०० मि. दौड - छात्र/छात्रा - महेन्द्र मा. वि. होलेरी ८०० मि. दौड - छात्र/छात्रा - महेन्द्र मा. वि. होलेरी ४०० मि. दौड - छात्र/छात्रा - महेन्द्र मा. वि. होलेरी २०० मि. दौड - छात्र - महेन्द्र मा. वि. होलेरी २०० मि. दौड - छात्रा - सूर्योदय मा. वि. मसिना १०० मि. दौड - छात्र/छात्रा - महेन्द्र मा. वि. होलेरी १००×४ रिले दौड - छात्र - सूर्योदय मा. वि. मसिना १००×४ रिले दौड - छात्रा - महेन्द्र मा. वि. होलेरी ४००×४ रिले दौड - छात्र - सूर्योदय मा. वि. मसिना ४००×४ रिले दौड - छात्रा - महेन्द्र मा. वि. होलेरी शटपुट - छात्र/छात्रा - महेन्द्र मा. वि. होलेरी ज्याभेलिन थ्रो - छात्र - भिमसेन मा. वि. सैवाङ ज्याभेलिन थ्रो - छात्रा - सरस्वती मा. वि. सतिम हाइजम्प - छात्र - सूर्योदय मा. वि. मसिना हाइजम्प - छात्रा - सरस्वती मा. वि. सतिम लङ्गजम्प - छात्र - सरस्वती मा. वि. सतिम लङ्गजम्प - छात्रा - भिमसेन मा. वि. सैवाङ ट्रिपलजम्प - छात्र - सूर्योदय मा. वि. मसिना ट्रिपलजम्प - छात्रा - भिमसेन मा. वि. सैवाङ भलिबल - छात्र - सुर्योदय मा. वि. मसिना भलिबल - छात्रा - भिमसेन मा. वि. सैवाङ  का बिजेता भएका हुन ।

 रनिङ सिल्डमा प्रथम स्थान हासिल गरेपछि महेन्द्र माध्यमिक विद्यालयले कार्यक्रमकाे एक र्‍याली  निकाली बजार परिक्रमा गरेर  उत्सव मनाएको हो ।_NC7FK02-1736070649.jpg
jo0vAXbK-1736070802.jpg
 

 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्