सुनको अवैध पैठारी  जाँचबुझ आयोगले कृष्णबहादुर महरासँग लियो बयान

शुक्रबार, माघ २६, २०८०

काठमाडौं - सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

बंगलाचुली गाउँपालिका

‘ब्रेक सु’मा हालेर ल्याइएको ६१ किलो सुन र विद्युतीय चुरोट (भेप)मा हालेर ल्याइएको ९ किलो सुन प्रकरणको अनुसन्धानका लागि सरकारले गठन गरेको आयोगले हिजो सिंहदरबारमा उनीहरूसँग बयान लिएको हो । महरा र भण्डारीको नाम दावा छिरिङसँग जोडिएको छ ।

छिरिङ सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । आयोगले ब्रेक सुबाट ६० किलो सुन र विद्युतीय सिगरेट ९भेप० बाट ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको छ । सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्व सहसचिवहरू किशोरजंग कार्की, प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा सदस्य रहेको आयोग गठन गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्