सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
रोल्पा - छैठौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता रुन्टीगढी गाउँपालिकामा सम्पन्न भएको छ। स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सञ्चालन भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पुष २० गते समापन गरिएको हो। यस वर्षको छैठौँ राष्ट्रपति रनिङशील प्रतियोगिता रून्टीगढी गाउँपालिका वडा नं ७ स्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको थियो। पुस १६ गतेबाट सञ्चालन भएको छैटौं राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा रुन्टीगढी गाउँपालिकाका ९ वटा माध्यामिक विद्यालयका खेलाडी विद्यार्थीहरूाकाे सहभागीता थियाे । उक्त रनिङ सिल्ड प्रतियोगितामा २८ वटा विधाका खेलहरू समावेश गरिएका थिए । जसमध्ये धेरैजस्तो पदकसहित रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ मा रहेको महेन्द्र माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ। गतवर्ष पनि महेन्द्र माध्यमिक विद्यालय प्रथम भएर सिल मेडल जित्न सफल भएको थियो भने यस वर्ष पनि महेन्द्र माध्यमिक विद्यालयले सिल्ड मेडल जित्न सफल भएको छ। यसैगरी रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा रहेको सूर्योदय मावि मसिना दोस्रो भएको छ। हिजो भएको छात्र भलिबल प्रतियोगिताको फाइनल खेलमा सूर्योदय मा वि मसिना र सरस्वती मा वि सतिम बीच प्रतिस्पर्धा भएको थियो। उक्त प्रतिस्पर्धाबाट सूर्योदय मावि प्रथम भएको छ भने सरस्वती मावि सतिम द्वितीय भएको छ। त्यसैगरी तृतीयमा महेन्द्र मावि होलेरी भएको छ भने छात्रा भलिबलतर्फ रुन्टीगढी गाउँपालिका वडा नम्बर ५ स्थित सैवाङमा रहेकाे भीमसेन माध्यमिक विद्यालय प्रथम त्यसैगरी वडा नम्बर ७ अन्तर्गत हाेलेरीमा रहेकाे महेन्द्र माध्यमिक विद्यालय होलेरी द्वितीय र वडा नम्बर १ मा रहेको पद्मोदय माध्यमिक विद्यालय दाङचोट तृतीय भएको छ । रुन्टीगढी राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता निर्देशन समितिका अध्यक्ष तथा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुरले खेलमा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै खेलको मैदानमा उत्रिएपछि जितहार निश्चित हुने हुँदा हार्ने जति खेलाडीहरूलाई अझ मेहनत गरेर अगाडि बढी आगामी दिनहरूमा पनि खेलमा सहभागिता जनाएर उत्कृष्ट खेल खेल्न समेत अनुरोध गर्नुभएको छ भने जित्ने भाइबहिनीहरूले योभन्दा पनि बढी मेहनत गरेर जिल्ला र प्रदेश तहमा हुने खेलहरूमा सहभागी हुन समेत सुझाव दिनुभएको छ ।कार्यक्रममा थप बोल्दै उहाँहरुले रुन्टीगढीका खेलाडीहरूलाई रुन्टीगढीमा मात्र सीमित नगराएर जिल्ला प्रदेश तथा अन्य माथिल्लो निकायसम्म पुर्याउने सपना देखेको पनि बताउनुभएको भयाे ।
रनिङ सिल्ड निर्देशन समिति सदस्य सचिव तथा सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर बस्नेतले आफूहरूले पाएको जिम्मेवारी सहजताका साथ सम्पादन गरी राष्ट्रपति रनिङशील प्रतियोगिता विवाद रहित ढङ्गबाट सम्पन्न गराउन सफल भएको बताउनु भयाे । व्यवस्थापनको जिम्मेवारी पाएको र व्यवस्थापनको कार्य निकै कठिन भएता पनि व्यवस्थापनलाई सहज सरल बनाउन आफूहरू कतिबद्ध ढङ्गबाट लागेर सफल बनाएको उहाँले बताउनुभयो। व्यवस्थापन जिम्मेवारी लिनु अगाडि व्यवस्थापन गर्न सकिन्न कि भन्ने खालको आशंका मनमा उब्जिएको थियो तर आफूमाथि जिम्मेवारी आइसकेपछि सकिँदो रहेछ भन्ने कुराको पनि पाठ सिकेको उहाँले बताउनुभयो। याे प्रतियाेगिता गराउने व्यवस्थापनको जिम्मेवारी आफूहरूले पाएता पनि सबै विद्यालयको उत्तिकै सहयोग र सहकार्यले यो सफल बनाउन सम्भव भएकाे बताउनुभयो । यो प्रतियोगितालाई सफल बनाउन आआफ्नो तर्फबाट लागिपर्ने सम्पूर्णलाई धन्यवाद समेत दिनुभएको छ ।