बंगलाचुली गाउँपालिकाको मुर्कुटीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आइतबार, पुस २१, २०८१

कमिरेचौर - दाङको बङ्गलाचुली गाउँपालिकामा जनरल फिजिसियन, स्त्रीरोग तथा दन्तरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा नम्बर ५ स्थित स्वास्थ्य चौकी लोहारपानीमा शिविर सम्पन्न भएको हो ।   बङ्गलाचुली गाउँपालिकाको आयोजना तथा नेपाल क्यानडा टुरिजम कल्चर एण्ड ट्रेड काठमाडौँ प्राविधिक सहयोगमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।472337867_1302459887612342_2975851637932259442_n-1736040849.jpg
बंगलाचुली गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष लिलाबहादुर घर्तीमगरको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन मगरको प्रमुख अतिथ्यमा शिविरको उद्घाटन गरिएको थियो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुन मगरले जनताको स्वास्थ्यप्रति स्थानीय सरकार संवेदनशील रहेको बताउनुभयो। उहाँले गाउँपालिकाका हरेक नागरिक स्वस्थ भएमा नागरिकले चाहेका हरेक कामहरू सहज रुपमा गर्न सक्ने बताउनुभयो ।472335935_1302459404279057_2907373493024491668_n-(1)-1736040908.jpg
अध्यक्ष पुनले आफूहरुले जनतालाई स्थानिय सरकारको अनुभूत हुने गरी काम गरिरहेको बताउँदै बंगलाचुलीको मानवीय विकासमा स्वास्थ्य सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।  कार्यक्रममा कार्यक्रममा जनरल फिजिसियन डाक्टर सुरेन्द्रविक्रम बस्नेतले स्वास्थ्य शिविरको वारेमा जानकारी गराउनुभएको थियो ।472427166_1302459597612371_1145127941178269540_n-1736041017.jpg
सो कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डाक्टर बिना श्रेष्ठ, दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेती, भिजन किविन्स क्लबका उपाध्यक्ष तारा श्रीवास्तव, जिल्ला स्वास्थ्य कार्यालय दाङका पहेन निरीक्षक रिता न्यौपाने,कार्यक्रम संयोजक सम्झना शर्मा,जिल्ला संयोजक शर्मिला केसी,बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखाका सिअनमी अधिकृत ईन्द्रा कुमारी घर्ती लगायतको सहभागिता रहेको थियो।472653796_1302459934279004_6057046938600653382_n-1736041203.jpg
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नेव बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्यचौकी लोहारपानीका प्रमुख दिलिप बाठा मगरले गर्नुभएको थियो।

472400579_1302459044279093_65111122557197620_n-1736041262.jpg

472748616_1302458900945774_504760248365233926_n-1736041275.jpg

472494927_1302460010945663_5713156143098904507_n-1736041271.jpg

472427166_1302459597612371_1145127941178269540_n-1736041268.jpg

472338033_1302458997612431_8156154658479020113_n-1736041263.jpg

 

 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्