‘सरकारले कामको गति बढाउनुपर्छ’ : उपमहासचिव प्रदीप ज्ञवाली

शुक्रबार, पुस १९, २०८१

काठमाडौ - नेकपा एमालेले सरकारले गरेका काम पर्याप्त नरहेको जनाएको छ । आज बसेको सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले नागरिकको अपेक्षालाई पूरा गर्न कामको गति बढाउनुपर्ने निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

सरकारले ६ महिनामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको तर पर्याप्त नरहेको पार्टीको निष्कर्ष रहेको ज्ञवालीले बताउनुभयो । सेवा प्रवाह, विकास निर्माण, अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ धेरै ध्यान केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ ।

यस्तैगरी उपमहासचिव ज्ञवालीले पार्टीबाट निष्कासित नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लगाएका आरोप यसअघि नेकपा हुँदा प्रचण्डले लगाएका जस्तै रहेको बताउनुभएको छ । रावलले लगाएका आरोप यसअघि प्रचण्ड ले लगाएका १९ पेजकै ुकपी–पेस्टु भएको ज्ञवालीको दाबी छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्