सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर २ मा टोल स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर २ को आयोजनामा वडा नम्बर २ को खेलमैदान बढिपोखरामा प्रतियोगिगा सुरु भएको हो । बंगलाचुली गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मैते पुनको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको प्रमुख आतिथ्यतामा प्रतियोगिताको आज उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुनले भौतिक विकाससँगै मानवीय विकासका लागि शिक्षा, खेलकुद लगायत क्षेत्रमा गाउँपालिकाले लगानी गर्दै आएको बताउनुभयो । उहाँले स्वस्थ्य नागरिक उत्पादनमा खेलकुदको महत्त्वपूर्ण भूमिका रहने हुँदा युवाहरुलाई खेल क्षेत्रमा लाग्न यस प्रकारका प्रतियोगिता सहयोगी हुने बताउनुभयो ।
युवाहरु गलत बाटोमा लाग्नबाट जोगाउन सबैले सकारात्मक भावनाको विकासमा ध्यान दिनुपर्नेमा भन्दै अध्यक्ष पुनले खेलसँगै स्वास्थ्य र वौद्धिक विकासमा खेल गतिविधिले भूमिका खेल्ने हुँदा सबैले साथ सहयोग गर्नुपर्ने बताउनुभयो । आगामी दिनमा पालिकास्तरीय टीम तयार पार्ने पालिकाले योजना बनाएको भन्दै पहाडी पालिकाका रुपमा रहेको बंगलाचुलीमा पनि क्रिकेट खेल विकासका लागि पूर्वाधार तयार पारिएको बताउनुभयो ।
कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसि, वडा नम्बर १ का अध्यक्ष विष्णु कवर, कार्यपालिका सदस्य गणेश विश्वकर्मा, सविराम कामी, बंगलाचुली गाउँपालिका योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी सहित वडा नम्बर २ का वडा सदस्य, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेको थियो । प्रतियोगितामा ३ वटा टिमको सहभागिता रहेको छ । फाइनल खेल भोलि हुनेछ ।