राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

बुधबार, पुस १७, २०८१

काठमाडौं  - जुझारु युवाहरुको सक्रियतामा स्वतस्फूर्त रुपमा हरेक वर्ष जनवरी १ का दिन मनाइँदै आइएको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस यस वर्ष पनि मनाइने भएको छ ।

टोपी दिवसको आयोजक जागरुक युवा अभियान नेपालले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर विगत १२ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आइरहेको छ ।

यस वर्ष पनि काठमाडौंको बसन्तपुरमा एक कार्यक्रम गरी १२ औं अन्तर्राष्ट्रिय टोपी दिवस मनाइने जागरुक युवा अभियान नेपालले जनाएको हो । यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय टोपी दिवस मनाइँदैछ ।

विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले कालोटोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न संस्थाले सरकारसँग जोडदार माग गरेको छ । ०६८ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाक हटाएपछि जागरुक युवाहरुले राष्ट्रिय पहिचान संकटमा परेको भन्दै यसलाई बचाउन आव्हान गर्दै आएका छन् । अभियन्ताहरुले यस वर्ष पनि पुस १७ गते अंग्रेजी नयाँ वर्षका दिन राजधानीको वसन्तपुरमा बिहान ८ बजे जम्मा भएर गरिने कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्