गढवाका उद्यमी महिलाहरु लाई कृषक व्यवसाय पाठशाला तालिम

मंगलबार, पुस १६, २०८१

गढवा,  दाङ देउखुरीको गढवा गाउँपालिकामा उद्यमी महिला समूहका सदस्यहरूलाई कृषक व्यवसाय पाठशाला तालिम दिईएको छ।
हेफर इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा उद्यमी महिलाहरुलाई व्यवसाय सञ्चालन गर्नका लागि कृषक व्यवसाय पाठशाला तालिम दिईएको हो।
बाँकी समाचारमा...

467474525_1236627057399459_7091774814533698881_n-1735661242.jpg
 

पशु तथा कृषि बस्तुको मुल्य श्रृङ्खलामा आधारित नविनतम विकाश परियोजना (IALVC) गढवा गाउँपालिका वडा नम्बर ७ मा भिटा परियोजना द्वारा गठित सरस्वती कृषक समूहका महिला उद्यमीहरु लाई ३ दिने कृषक व्यवसाय पाठशाला तालिम दिईएको IALVC व्यवसाय बिकाश अधिकृत हिमाल खड्काले जानकारी दिनुभयो। कृषि तथा पशु पालक कृषकहरुलाई व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक सबै प्रक्रिया सहजीकरण गरिने अधिकृत खड्काले बताउनुभयो।

कृषक व्यवसाय पाठशाला तालिममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले कृषि तथा पशु पालक कृषकहरुलाई आत्मनिर्भर बनाउन कृषि र पशुको क्षेत्रमा ठुलो लगानी गरेको बताउनु भयो। आत्मनिर्भर हुन व्यवसायिक रुपमा कृषि तथा पशु पालन गर्नै पर्ने अध्यक्ष पोख्रेलले बताउनु भयो। गढवा गाउँपालिकाले पशुपालक कृषकहरुको जिवन स्तरलाई माथी उकास्न बाख्रा पालक कृषकहरुलाई नश्लसुधारका लागि उन्नत जातको बोका, भैंसी पालक कृषकहरुलाई नश्लसुधारका लागि उन्नत जातको राँगो, गोठ, खोर तथा भकारो सुधार कार्यक्रम, त्यस्तै कृषि उपजको सहज बजारीकरणको लागि गढवा कृषि उपज संकलन केन्द्रको उद्घाटन तथा वजारीकरणको सुभारम्भ लगत्तै केही समयमा दुग्ध संकलन तथा बिक्री वितरणको कार्य गर्न लागेको बताउनुभयो। गढवाका कृषकहरुलाई कृषि र पशुपालनको क्षेत्रमा काम गर्न अब कुनै समस्या नहुने गरि गढवा गाउँपालिकाले बिभिन्न कामहरु गरेको बताउनु भयो।

तालिममा बोल्दै गढवा गाउँपालिका भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्माले परियोजना मार्फत गठन भएका सम्पुर्ण मुल समूह तथा उपहार समुहका सदस्यहरु लाई व्यवसायिक रुपमा तरकारी खेती गर्न, पशुपालक किसानलाई व्यवस्थित रुपमा पशु पालन गर्ने गरी बिभिन्न तालिमहरु निरन्तर दिईरहेको जानकारी दिनुभयो।

 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्