घोराहा खानेपानी योजनालाई प्रदेश सरकारको एकल लगानीमा सम्पन्न गर्ने प्रतिबद्धता 

मंगलबार, पुस १६, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

गढवा - घोराहा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम वार्षिक साधारण सभा सोमबार गढवामा ७ घोराहामा सम्पन्न भएको छ। 

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

प्रथम वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुले घोराहा खानेपानी योजनाको सम्पुर्ण काम प्रदेश सरकारको एकल लगानीमा सम्पन्न गर्ने बताउनु भयो।पहिले ५० लाख बजेट विनियोजन भैसकेको र आर्थिक वर्ष २०८१र०८२ का लागि पनि २५ लाख रुपैयाँ लुम्बिनी प्रदेश सरकार बाट बिनियोजन भैसकेको जानकारी दिँदै सभा सदस्य थारुले घोराहा खानेपानीको योजना आफुले प्रदेशकै बजेटले सम्पन गर्ने बताउनु भयो। शुद्ध खानेपानी पिउन पाउने हरेक नागरिकको अधिकार भएको बताउदै सभा सदस्य थारुले हाम्रो शरीरमा ७० प्रतिशत पानीको मात्रा हुने भएकोले शुद्ध पानी बिना स्वास्थ जिवनको परिकल्पना गर्न नसक्ने बताउनुभयो।आफुहरले भ्रष्टाचारीहरुको बिरुद्धमा अभियान चलेको बताउदै बजेट चुहावट रोक्न सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो। बजेट अभावलाई न्युनिकरण गर्न भ्रष्टाचार अन्त्य हुन जरुरी रहेको बताउनुभयो।467474450_1051781540052204_2051073650123455817_n-1735638570.jpg

त्यसैगरी प्रथम वार्षिक साधारण सभामा बोल्दै विशिष्ट अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले घोराहा खानेपानीको हकमा प्रदेशले सम्बोधन गर्न नसक्ने ठाउँमा गढवा गाउँपालिकाले बजेट बिनियोजन गर्ने बताउनु भयो। गढवा गाउँपालिका भरीका खानेपानी स्वच्छताको लागि  मापन गर्ने र सुद्धिकरण गर्नका लागि गाउँपालिकाबाट बजेट बिनियोजन गरेको बताउनु भयो। खानेपानी योजनाको लागि पाईपलाइन बिस्तारको काममा बजेट बिनियोजन गर्न नपाउने कानुनी प्रावधान रहेकाले पाईपलाइन बिस्तारको काम उपभोक्ताबाटै गर्नु पर्ने बताउनुभयो। पाईपलाइन बिस्तारमा दिर्घकालिन सोचका साथ कार्यक्रम गर्न अनुरोध समेत गर्नु भयो। 

 

कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि तथा खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्योपानेले दाङमा ४४ प्रतिशत जनता शुद्ध खानेपानी बाट बञ्चित भएको बताउनुभयो। शुद्ध खानेपानीका धारा जडानका लागि कार्यक्रमहरु अभियानको रुपमा अघि बढाउनु पर्ने बताउदै सिमित स्रोत साधनको अत्याधिक प्रयोग गरेर शुद्ध खानेपानी व्यवस्थापन गर्ने तर्फ जोड दिनुपर्ने बताउनुभयो।

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम वार्षिक साधारण सभामा गढवा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष राहुलदेव चौधरी, हर्ट फाउण्डेशन नेपालका रविलाल आचार्य, तराई मधेश चन्दनपुर खानेपानीका नर बहादुर वली, गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्ण राज पाण्डे लगायतकाले बोल्नु भएको थियो भने ७ नम्बर वडा सदस्यहरु कमला नेपाली, रेखा थापा, महेन्द्र प्रसाद चौधरी, मायाराम चौधरी, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजका अगुवा कटकन्दार अघरिया उपभोक्ता लगायतको सहभागिता रहेको थियो। 

उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

467816790_1378500913334197_5628066134070261388_n-1735638607.jpg
घोराहा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सहसचिव बोट बहादुर चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण समितिका सचिव रम्भुनाथ चौधरीले गर्नु भएको थियो।
 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्