श्रीलङ्काको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन

आइतबार, पुस १४, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौं - श्रीलङ्काका लागि नेपाली आवासीय राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

आइतबार सिंहदरबारमा बसेको सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले नेपालीलाई श्रीलङ्काको आवासीय राजदूत र माल्दिभ्सका लागि गैरआवासीय राजदूतमा अनुमोदन गरेको हो ।

बैठकपछि समिति सभापति ईश्वरीदेवी न्यौपानेले समितिले सर्वसम्मत रूपमा नेपालीको नाम अनुमोदन गरेको बताउनुभयो । सरकारले गत मङ्सिर १६ गते नेपालीलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत र गणतन्त्र माल्दिभ्सको गैरआवासीय नेपाली राजदूत पदमा प्रस्ताव गरी पठाएको थियो ।

समितिले राज्यका कुनै पनि निकायमा सिफारिस गर्दा समावेशितामा ध्यान दिन आग्रह गरेको छ । समितिले राजदूतमा सिफारिस गर्दा समावेशी बनाएको भन्दै सरकारलाई धन्यवादसमेत दिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्