माधव नेपालकै कारण रौतहटमा विकास हुन सकेन : अध्यक्ष  ओली

बिहीबार, माघ २५, २०८०

रौतहट - नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारले देशलाई अस्तव्यस्त बनाएको बताउनु भयो।

बंगलाचुली गाउँपालिका

जनताको कुनै काम गर्न नसकेको सरकारले आफूले थालेको कामसमेत अलपत्र पारेको उहाँले अरोप लगाउनु भयो। अध्यक्ष ओलीले एमालेले सुरु गरेका विकासका आयोजनाहरू गठबन्धन सरकारले पूरा गर्न नसकेको जिकिर गर्नु भएको।

नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सरकारले बनाएको पोखरा विमानस्थल गठबन्धन सरकारले सञ्चालन गर्न नसकेको बताउनु भयो।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजनीतिमा आउनुभन्दा पहिला आफू रौतहट आएर राजनीति सुरु गरेको बताउँदै ओलीले माधव नेपालकै कारण रौतहटमा विकास हुन नसकेको आरोप लगाउनु भयो।

आफ्नो घर भत्काएर गठबन्धन मेरो घर हो भन्दै गएका माधव नेपाललाई गठबन्धनले लात हानेर निकालेपछि उनी घर न घाटका हुने ओलीले बताउनु भयो।

विसं २०१५ सालमा एमालेको लालकिल्ला रहेको रौतहटलाई पुनस् लालकिल्लाको रुपमा विरासत फर्काउनका लागि उउहाँले एमाले नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो।

अहिलेको देशको जरजर अवस्थाको कारण गठबन्धन सरकार भएको बताउँदै उहाँले अब यो सरकारले देश चलाउन नसक्ने उल्लेख गर्नु भएको छ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्