राप्ती-२ कठाहामा चार महिने वित्तीय साक्षरता कक्षा सुरु

बुधबार, पुस १०, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ - राप्ती गाउँपालिका वडा नम्बर २ कठाहामा मजदुर वर्गलाई लक्षित गरी चार महिने वित्तीय साक्षरता कक्षा सुरु गरिएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

राप्ती गाउँपालिकाको पहल तथा क्रियटिङ पोसिबिलिटिज ९सिपी० नेपाल संस्थाको आयोजनामा सञ्चालनमा आएको उक्त कक्षाको मंगलबार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शुभारम्भ गर्नुभयो।

कार्यक्रममा अध्यक्ष विष्टले मजदुरहरूको जीवनस्तर उकास्न आधारभूत लेखपढ र व्यवहारिक ज्ञान प्रदान गर्न कक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। “आफ्नो कमाइको सही व्यवस्थापन, बचत, लगानी र आर्थिक सुरक्षाको ज्ञानमार्फत श्रमिकहरूलाई आत्मनिर्भर र सशक्त बनाउने हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो।

राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरीले श्रमिक वर्गले लेखपढ र हिसाबकिताब नजान्दा भोग्नुपरेका समस्याबारे चर्चा गर्दै यस कक्षाले उनीहरूको दैनिक जीवनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो।

उक्त कक्षा कठाहाको सामुदायिक भवनमा सञ्चालन हुनेछ। ३० जना महिला तथा पुरुषहरूको सहभागिता रहेको यस साक्षरता कक्षाको शिक्षण जिम्मेवारी अस्मिता चौधरीले सम्हाल्नुभएको छ।

सो अवसरमा कक्षामा सहभागीहरुलाई शैक्षिक सामाग्रीहरु समेत वितरण गरिएको थियोे ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्