गणतन्त्रमा गल्ती गर्नेलाई ढिलोचाडो कारवाही हुन्छ : पूर्वमन्त्री शर्मा

सोमबार, पुस ८, २०८१
दंगीशरण गाउँपालिका

दाङ - पूर्व संञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राज्यसत्ता दुरुपयोग गर्ने छुट कसैलाई  नभएको बताउनु भएको छ । घोराही उपमहानगरपालिका  -१२ हापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

बबइ गाउँपालिका

वर्तमान सरकार घुस र भ्रष्टाचारमा लिप्त भएको बताउदै जनताको  जनचाहाना बिपरित सरकारले कार्य  गर्दै आएको बताउनुभयो ।मन्त्री शर्माले गणतन्त्रमा गल्ति गर्ने छुट कसैलाई नभएको बताउँदै गल्ती गर्नेलाई कारवाही हुने ब्यबस्था नै गणतान्त्रिक ब्यबस्था भएको धारणा राख्नुभयो ।संबिधान भन्दा माथि कोही नहुने बताउँदै गल्ती गर्ने ब्यक्ति ढिलो चाडो कानुनको दायरामा आउने प्रतिकृया दिनुभयो ।

बर्तमान  सरकारको वरिपरि सुशासनको   सुई घुम्दा दुई दल एमाले र काड्गेस बिच  गठबन्धन भएको औल्याउदै प्रचण्ड नेत्रित्वको सरकार नै सुशासनको पक्षमा काम गर्ने सरकारका रुपमा जनतामा स्थापित भएको भनाइ छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएकी शर्माले  स्थानीय तहको उपनिर्वाचनले माओवादीमा नयाँ  उत्साह थपेको बताउनुभयो जनतामा माओवादीले केही गर्छ भन्ने विश्वास जागेको भन्दै १८ महिना सरकार चलाउदा जनतामा सुशासनको आभास दिलाएको प्रतिकृया दिनुभयो । कार्यक्रम बोल्ने मतदाता तथा कार्यकर्ताहरुले माओवादीमा जोस् हराएको भन्दै अब उठ्न जरुरी भएको प्रतिकृया दिएका थिए ।

दाङ क्षेत्र  नंं.२ का प्रतिनिधी सभा सदस्य समेत रहुनु भएकि शर्मासंग घोराही १२ मा देखिने योजनालाई प्राथमिकता दिन सांसद शर्मासंग माग गरेका यिए ।

यस्तै पार्टी जनता बिचको सम्बन्ध जोड्दै लैजानु पर्ने र रिहार,नारायणपुर,हापुर हुदै होलेरी जोड्ने सडक बिस्तार गर्न माग राखेका थिए  । यसैबिच मन्त्री शर्माले आजै घोराही १२ रहेको प्राथमिक बिद्यालय गुर्जेको पनि अनुगमन पनि गर्नु भएको छ । उहाँले अलपत्र  रहेको बिद्यालयको ४ कोठे भवन मर्मतका लागि पहल गर्ने प्रतिबध्ता ब्यक्त गर्नुभएको   थियो । कार्यक्रम केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्ड,नगर ईन्चार्ज तुलसी डाँगी मिलन,नगर अध्यक्ष अटल ,लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्