सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - तरकारी बस्तुको नबिनतम मुल्य श्रीङ्खलामा ग्रामीण महिला उधमिहरुको प्रतिस्पर्धात्मक क्षमता विकास परीयोजना आई।ए।एल।भि।सि। अन्तर्गत ग्रामीण महिला उथ्थान केन्द्र दाङको आयोजना तथा हेफर इन्टरनेशनल नेपालको सहयोगमा कृषि सामाग्री वितरण कार्यक्रम दंगीशरण गाउँपालिकामा सम्पन्न भएकोछ ।
दंगीशरण महिला सहकारीका अध्यक्ष नमुना शर्माको अध्यक्षता गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको बिशिस्ट आथित्यतामा कृषि सामाग्री वितरण गरीएको हो । परीयोजनाले गाउँपालिकाका ६ जना किसानहरुका लागि ६१ हजार २ सय २० बरावरको सामाग्री निःशुल्क वितरण गरेको ग्रामीण महिला उत्थान केन्द्रकी माधवा पोख्रेलले जानकारीदिनुभयो ।
सामाग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले कृषि र पशुमा आधारित गाउँपालिका रहेकाले परीयोजनाले यहाँका किसानहरुका लागि कृषि सामाग्री हस्तानतरण गरेकोमा धन्यवाद ब्यक्त गरे । अध्यक्ष गिरीले बिना रसायनका वितरण गरीएका सामाग्रीले यहाँका किसानहरुको स्वास्थ्यमा समेत फाइदा पुग्ने अपेक्षालिए । रासायनिक मललाई निरुत्साहित गरी अर्गानिक गोठेमल र जैविक मलको प्रयोगलाई बढवा दिनुपर्ने समेत उनको सुझाव थियो । रासायनिक मलको प्रयोगमा कमिल्याइ जैबिक र कम्पोस्ट मलतर्फ सवैनागरीकलाइ जागरुक बनाउन कृषि साखालाइ अध्यक्ष गिरीले निर्देशन समेतदिए ।
सोहि अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले उत्पादन र बजारीकरणमा समेत सहयोग पुग्नेगरी वितरण गरीएका सामाग्रीले नमुना कृषि तरकारीखेती हुने अपेक्षा लिइन । यस्तै उपाध्यक्ष खड्काले रासायनिक मलले माटोको उर्वारा सक्तीमा समेत ह्रास ल्यायकाले यसतर्फ सचेत रहन आग्रह ।
उत्पादन हुनेदेखि बजारीकरणसम्म सहयोग पुग्ने खालका कृषि सामाग्री वितरणले समग्र व्यावसायिक किसानहरुका लागि फलदायी हुने कार्यक्रमका सहभागीहरुको अपेक्षा रहेको छ ।