एनपीएलको जनकपुर बोल्ट्स च्याम्पियन

एनपीएलको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिम पराजित

शनिबार, पुस ६, २०८१
दंगीशरण गाउँपालिका

काठमाडौं -  नेपाल प्रिमियर लिग (एनपीएल)को यस संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।

बबइ गाउँपालिका

फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन जोडेको हो ।

सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गर्ने क्रममा जनकपुरका ओपनर लाहिरु मिलन्थाले अर्धशतक प्रहार गरे । उनले ४९ बलमा ९ चौका ४ छक्काको सहयोगमा ८७ रन जोडे । उनलाई सुदूरपश्चिमका स्कट कुग्गेलिजनको बलमा आउट भएका हुन् ।

अर्का ओपनर आशिफ शेख १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्