छोरीलाई निर्घात कुटपिट गर्ने बाबु धरौटीमा रिहा 

बिहीबार, माघ २५, २०८०

मकवानपुर - मकवानपुरमा छोरीलाई निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भई हेटौँडा उपमहानगरपालिका–५ सिँचाइ टोल बस्ने २७ वर्षीय रामजी मण्डललाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

बंगलाचुली गाउँपालिका

गएको पुस २१ गते मण्डलले चार वर्षीया छोरीलाई पढाउने क्रममा कुटपिट गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । मण्डलले छोरीलाई पेन्सिलले मुख र शरीरका विभिन्न भागमा घोचेर घाइते बनाएका थिए । घाइते छोरीलाई हेटौँडा अस्पतालमा उपचार गरी घर लगिएको छ ।

बालिकालाई कुटपिट गर्ने मण्डललाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो । उनीमाथि बालबालिकाविरुद्ध कसुर मुद्दामा कारबाही शुरु भएको हो ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्