सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - दाङमा बस र मोटरसाईकल ठोक्किदा मोटरसाईकलको मृत्यु भएको छ । शुक्रबार दिउँसो घोराही उपमहानगरपालिका–१० निवासी मोटरसाइकल चालक ४४ वर्षीय दिलिप केसीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक इश्वर थापाका अनुसार दुर्घटनामा घाइते केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।
बस पनि अनियन्त्रित भइ पल्टिएको छ । दुर्घटनामा बसमा सवार ११ यात्रु घाइते भएका छन् ।
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख ८१६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको रा ५ प ६६५४ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका १० गुर्जे खोलानजिक ठोक्किएका थिए ।
बस चालक घोराही–१८, फुर्सेखालीका ५३ वर्षीय गोपाल विकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ । साभार :लाइभदाङ