क्रिकेटर दीपेन्द्रसिंह ऐरीले यूएईको टी–२० लिग खेल्ने

बिहीबार, माघ २५, २०८०

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईको प्रतिष्ठित ‘इन्टरनेशनल लिग टी–२०’ क्रिकेट खेल्ने भएका छन् ।

बंगलाचुली गाउँपालिका

दीपेन्द्रलाई यूएईको गल्फ जायन्ट्सले आबद्ध गरेको नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जानकारी दिएको छ । घरेलु मैदानमा भइरहेको क्यानडासँगको एकदिवसीय क्रिकेट शृङ्खलामा दीपेन्द्र टोलीमा छैनन् ।

उनलाई आबद्ध गरेको गल्फ जायन्ट्ले प्रतियोगिताको समूह चरणमा २ वटा खेल खेल्न बाँकी छ । गल्फ जायन्ट्स ८ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । शीर्ष ४ टोली प्लेअफमा पुग्नेछ ।

दीपेन्द्रले यसअघि क्यानडाको ग्लोबल टी–२० क्रिकेट लिग खेलिसकेका छन् । उनी आबद्ध मनट्रेल टाइगर्सले गएको संस्करणको उपाधि जितेको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्