प्रेस सेन्टर तुलसीपुर शाखाको अध्यक्षमा टेकराज भण्डारी

मंगलबार, पुस २, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ - प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाको दोस्रो अधिवेशनबाट अध्यक्षमा टेकराज भण्डारी सर्वसम्मत चयन हुनु भएको छ । यस्तैउपाध्यक्षमा विशाल परियार, सचिवमा रिता केसी, सहसचिवमा कृष्ण केसी र कोषाध्यक्षमा मन बहादुर बुढाथोकी चयन हुनु भएको छ  ।। त्यसैगरी सदस्यहरुमा मंगलसिंह घर्ती, दामोदर केसी, निकिता बुढाथोकी, हुम बहादुर नेपाली, युवराज केसी र जितेन्द्र खड्का रहनु भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाका उपाध्यक्ष दिपक बोहराको अध्यक्षता तथा लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री धन बहादुर मास्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मास्कीले पत्रकारहरुले सधै निष्पक्ष र तथ्यमा आधारित भएर समाचार सम्प्रेशन गर्नु पर्ने बताउनुभयो

कार्यक्रमका विशिष्ट अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष अजयदिप शार्मा, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरे, रिर्पोटस क्लब दाङका अध्यक्ष शरद रेग्मी, नेकपा माओवादी केन्द्रका सदस्य एवं तुलसीपुर उपमहानगरपालिकाका सहइन्चार्ज प्रेमराज वली, प्रेस सेन्टर लुम्बिनी प्रदेशका महासचिव भुपेन्द्र वली लगायतले बोल्नु भएको थियो ।

प्रेस सेन्टर दाङका जिल्ला सदस्य बिशाल परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस सेन्टर नेपाल दाङ शाखाका सदस्य दिपक केसीले गर्नुभएको थियो । साभार : खोज रफ्तार

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्