राजनीति

सबै तहका सरकार शासक नभई नागरिक केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री ओली

मंगलबार, पुस २, २०८१
दंगीशरण गाउँपालिका

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।

बबइ गाउँपालिका

ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसमा अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभई रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिइ सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।

“नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठान्नुपर्छ । नगर प्रहरी आउँदा जनता आफ्ना सरसामान हत्तपत्त लुकाएर कहाँ भाग्ने भन्ने आतङ्कमा रहनुपर्ने अवस्था हुनु हुँदैन ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी जनताका सेवक हौँ । हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनु पर्छ । हामीभित्र घमण्ड पस्नु हुँदैन । तनाव लिने र दिने काम पनि गर्नु हुँदैन । हामीले जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटामो तीब्रताका साथ अगाडि बढ्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने भ्रम फैलाइएका प्रति सचेत हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारीवृद्धिका साथै थुप्रै ठुला उद्योगहरु सञ्चालनमा आएका बताउनुभयो ।

अहिलेको नाजुक अवस्थालाई सम्हालेर केही वर्षभित्र नेपाललाई माथि उठाउन सरकार दत्तचित्त भएर लागेको पनि बताउनुभयो । उहाँले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र विसं। २०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको जनाउनुभयो । आफू पहिला प्रधानमन्त्री हुँदा नौ लाख मानिसलाई निरपेक्ष गरिबीको रेखाबाट तल झारिएको सन्दर्भ पनि प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो ।

विभिन्न क्षेत्रमा योगदानकर्तालाई महानगर गौरव सम्मानबाट पुरस्कृत गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले महानगरपालिकाको एकद्वार प्राणली, विद्युतीय नक्सापास प्रणाली र फोहोर सङ्कलनका लागि मोबाएल एप्सको शुभारम्भ गर्नुभयो ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्