सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - शेयर बजार आज शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९५ अङ्कले बढेर दुई हजार ६ सय ३३ दशमलव ८७ विन्दुमा पुगेको छ ।
आज विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन, म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, होटल, माइक्रोफाइनान्स, निर्जीवन बीमा, लगानी समूहको शेयर दोहोरो अङ्कले बढेको छ ।
आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । नेप्से सामान्य बढेको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज बजार बढे पनि कारोबार रकम भने घटेको छ । हिजो पाँच अर्ब ९३ करोडको शेयर कारोबार भएकोमा आज तीन सय १८ वटा कम्पनीका ८९ लाख ३९ हजार कित्ता शेयर चार अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ ।