सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ - विराटनगर किङ्ग्सलाई एक विकेटले हराउँदै काठमाडौँ गुर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ संघारमा उभिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा आइतबार जितका लागि एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको माठमाडौँले १८.१ ओभरमा नौ विकेटको क्षतिमा एक सय २० रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
पराजित विराटनगर यसअघिनै प्ले अफ होडबाट बाहिरिसकेको छ । लिगमा सबै सात खेल सकेको काठमाडौँले आठ अङ्क बनाएको छ ।
अब काठमाडौँलाई प्ले अफमा पुग्न सोमबार हुने कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबिचको नतिजाले भर पार्नेछ । उक्त खेलमा कर्णाली हारेमा काठमाडौँको अगाडिको यात्रा सहज बन्नेछ । अहिले ६ खेल सकेको कर्णालीको पनि आठ अङ्क छ ।
काठमाडौँका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाउनुभयो । यस्तै शंकर रानाले अविजित १६, रसिद खानले १४, जेराल्ड इरसमसले १२ र माइकल लेभिटले १० विकेट लिनुभयो ।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । चार्स सोल, अनिल खरेल र वसिर अहमदले दुई दुई विकेट लिनुभयो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । विराटनगरका लागि राजेश पुलामीमगरले २५ रन बनाउनुभयो । ओपनर दीपक बोहराले २०, स्कट एडवार्डले १५ र वसिर, अहमदले १३ र निकोलनस किर्तनले १२ रन बनाउनुभयो ।
विराटनगरलाई सस्तैमा रोक्न काठमाडौँका जेरार्ड इरास्मसले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक चार विकेट लिनुभयो । यस्तै दीपेश कँडेलले दुई तथा साहब आलम, करण केसी र डानियल डाउथवेटले एक एक विकेट लिनुभयो ।